विन्दास हल्सी

बुधबार, २२ असोज २०७६, ०४ : ५९ शुक्रवार
विन्दास हल्सी

अमेरिकी गायिका हल्सी गायनमा जति सचेत देखिन्छन्, ड्रेस सेन्समा पनि उत्तिकै सचेत देखिन्छिन्। जब उनी कुनै रेड कार्पेटमा उत्रन्छिन् युनिक र इपिक ड्रेसले त्यहाँ रहेका सबैको ध्यान खिँचिहाल्छ।

हालै २५ औं जन्मदिन मनाएकी हल्सीले बिलबोर्ड म्युजिक अवार्डमा लगाएको स्किन टाइट रेड बडी सुटबारे अहिले पनि चर्चा हुन्छ। टाइट रेड बडी सुट लगाए पनि उनका अंगका आकार–प्रकार सबै छर्लङ्ग भएको थियो।

फेसन शोहरुमा समेत सहभागी उनी जहाँ मौका पाउँछिन्, आफ्नो सेक्सी फिगर देखाउन लाज मान्दिनन्। बिन्दास पारामा शरीरका अवयवको दर्शन गराइरहन्छिन् उनी।

Leave A Comment