नेपाल भित्रँदै विदेशी कोच

बिहिबार, ३० असोज २०७६, १२ : ०६ शुक्रवार
नेपाल भित्रँदै विदेशी कोच

नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई हेरेर विभिन्न खेल संघले भटाभट विदेशी प्रशिक्षक नेपाल ल्याइरहेका छन्। साग मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने तयारी भइरहेको बेला बक्सिङ, पौडी र टेबुलटेनिसका खेलाडीलाई प्रशिक्षण दिन संघहरुले विदेशी प्रशिक्षक नेपाल ल्याएका छन्।

नेपाल बक्सिङ संघले उज्वेकिस्तानका एलिसर राखिमोभलाई नेपाल ल्याएको छ। उनी आइवा प्रथम श्रेणीका प्रशिक्षक हुन्। १० पटकका राष्ट्रिय च्याम्पियन एलिसरले १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।

नेपाल पौडी संघले भारतका प्रशिक्षक सतिश सुरीलाई नेपाल ल्याएको छ। उनले भारतको राष्ट्रिय पौडी टोलीलाई लामो समय प्रशिक्षण दिएका थिए।

नेपाल टेबुलटेनिस संघले स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकलाई नेपाल ल्याइसकेको छ। उनले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एक साता प्रशिक्षण दिनेछन्।  कराते संघले मलेसियाका प्याट्रिक लिमलाई प्रशिक्षकको रुपमा ल्याएको छ।  फुटबल र क्रिकेटमा यस अगाडि नै विदेशी नागरिक नै कोच छन्।

Leave A Comment