भुस्याहा कुकुरकी ‘धर्ममाता’

सोमबार, २४ साउन २०७३, ०१ : २९ शुक्रवार , Kathmandu
भुस्याहा कुकुरकी ‘धर्ममाता’

घरमा पालेका कुकुरलाई दिनहुँ मासु खुवाउने, आफू बिरामी पर्दा मात्रै डाक्टरकोमा जाने तर कुकुरलाई महिनैपिच्छे स्वास्थ्य जाँच गराउन भेटेरिनेरी लैजाने कुकुरप्रेमी मानिस शहरमा प्रशस्तै छन् । सडकमा भेटिने भुस्याहा कुकुरलाई यस्तो माया गर्ने भने भेटिँदैनन् । तर, भारतकी अञ्जली गोपालन भुस्याहा कुकुरलाई पनि उत्तिकै प्रेम गर्छिन् । तीमध्ये पनि बिरामी र असहाय खालकालाई उनले धर्मसन्तानका रूपमा ग्रहण गरेकी छिन् । यिनै कुकुरहरूको हेरचारमा उनले दिन बिताउने गरेकी छिन् । भुस्याहा कुकुरलाई अरू मानिसले गरेको हेला, उनीहरूमाथि भएको कुटपिट र ज्यादती देखेपछि आफू उनीहरूको उद्धारमा सक्रिय भएको अञ्जली बताउँछिन् । अहिलेसम्म उनले ३ सय ५० कुकुरलाई धर्मसन्तानझैँ गरी ग्रहण गरिसकेकी छिन् ।  आफ्नो जीवनै बेसहारा भुस्याहा कुकुरप्रति समर्पित भएको र उनीहरूकी धर्ममाता हुन पाउँदा आफूले धन्य महसुस गर्ने गरेको उनी बताउँछिन् । ‘जनावरहरू बडो समझदार हुन्छन् । उनीहरूमा तीता र नमीठा कुरा पनि बिर्सिनसक्ने क्षमता हुन्छ । मानिसले जनावरबाट धेरै कुरा सिक्न जरुरी छ,’ उनले भनिन् ।  

 

Leave A Comment