गँजेडी दीपक

शुक्रबार, ०१ कार्तिक २०७६, ०६ : २० शुक्रवार
गँजेडी दीपक

कलाकार दीपकराज गिरीले हालै एक अन्तरवार्तामा आफूले गाँजा खाने गरेको  खुलासा गरे । नेपालमा गाँजा खानु गैर कानुनी हो । तर उनले एक कार्यक्रममा निर्धक्क गाँजा खाएरै फिल्मको काम थाल्ने गरेको बताए । उनले भने अनुसार उनी फिल्मको सुटिङ प्याकअप भएपछि एक स्टिक गाँजा खान्छन् र झुम्म भएर बस्छन् । गाँजाले सिर्जनशील बनाउने उनको दावी छ । 

टेलिसिरियल तितो सत्यहुँदै ठुलो पर्दाको फिल्म बनाउन थालेका उनका फिल्म व्यापारीक रुपमा सफल भए पनि गुुणस्तरको रुपमा कच्चा देखिएको कतै त्यही गाँजाकै कमाल त हैन ? दीपक नेपालका लोकप्रिय कलाकार हुन् । उनका फ्यान फलोइङ राम्रै छ । उनले सञ्चारमाध्ययमा सार्वजनिक रुपमा गाँजाको बखान गरेर आफ्ना फ्यानलाई गँजेडि बन भन्न खोजेका हुन् त ?

ओठे जवाफ दिन माहिर उनले मेरो खुसी म जेसुकै खाँउ भन्न नि सक्लान् । गाँजा खाए नि चरेस खाए नि ब्यक्तिगतै कुरा हो लुकेर खाएसम्म । तर यसरी सार्वजनिक रुपमै लागुऔषधको प्रमोशन गरेपछि चासो त हुने नै भयो । हुन त अहिले प्रहरीलाई सांसद समात्दैमा फुर्सद छैन । हास्यकलारको गम्भिर कुरा अनुगमन कसरी गर्न भ्याउनु । नत्र उनको अभिब्यक्ति नेपालको कानुन अनुसार हिरासतमा राख्न योग्य नै हो । 

यसो बोल्दा कानुनको पनि ख्याल गर्ने हो कि ?
 

Leave A Comment