जँड्याहाहरु संसारकै दयालु !

शनिबार, ०२ कार्तिक २०७६, १० : ५० शुक्रवार
जँड्याहाहरु संसारकै दयालु !

बालबालिकाको अस्पताल निर्माण गर्नका लागि कार्सन किङले फुटबल प्रशंसकहरुबाट एक पैसा पनि उठ्ला भन्ने कल्पेका थिएनन्। उनी अमेरिकाको एउटा बियर पसलमा छिरेका थिए र त्यहाँ एउटा सानो गुनासो राखे। उनले भने, ‘हेर्नुस्, मैले बालबालिकाहरुका लागि एउटा अस्पताल खोल्ने सपना देखेको छु। यो पूरा गर्न कुनै अप्ठेरो छैन, मात्र तपाईंले खाने बियरमध्येको एउटा बियरको पैसा दिए पुग्छ।’

उनको सानो भाषण सकिएपछि हरेक टेबुलमा गएर पैसा जम्मा गरे र यतिबेला सो अभियान आश्चर्यजनक रुपमा सफल भएको छ। उनले अस्पताल निर्माणका लागि १० लाख डलर जम्मा गरिसकेका छन्।

‘रक्सी भट्टीमा मान्छे पूरै खाने मूडमा हुन्छन्,’ कार्सनले भने, ‘त्यस्तो ठाउँमा गोजीको पैसा कसले सहजै देला र भन्ने मलाई लागेको थियो तर भट्टी मात्र त्यस्तो गतिलो ठाउँ रहेछ, जहाँ संसारकै दयालु मानिसहरु छिर्दा रहेछन् !’

‘जब म अस्पतालबारे बोल्न उभिएको थिएँ,’ उनले भने, ‘धेरैजना मेरो कुरा सुनेर हाँस्लान् भन्ने ठानेको थिएँ तर त्यस्तो भएन। तीमध्ये धेरै दयालु पाएँ र कतिसम्म भने सोही भट्टीको सम्पर्कसूत्रमार्फत म टेलिभिजनमा देखिन पाएँ, धेरैभन्दा धेरै मानिसहरुलाई आग्रह गर्न सकेँ र अन्ततः मेरो सपना पूरा भयो।’

पछि टेलिभिजन उनले भने, ‘मात्र एउटा बियर आज कम पिउनुस् र त्यो पैसा मेरो खातामा हाल्निुस्। त्यो बियरले ठूलो काम गर्नेछ।’

नभन्दै यतिबेला १० लाख ६५ डलर जम्मा भइसकेको छ। उनले भने, ‘हरकोहीलाई सहयोग गर्न मन लागेको हुन्छ तर उनीहरुसम्म पुग्ने कोही हुँदैन। यस्तो सहयोगले मानवता अझै मरिसकेको छैन भन्ने देखाउँछ।’

Leave A Comment