अफेयरमा मौनी

सोमबार, ०४ कार्तिक २०७६, ०२ : १० शुक्रवार
अफेयरमा मौनी

बलिउड नगरीमा सबको नजरमा परेकी अभिनेत्री अनि अफेयर्सविहीन जीवन त कल्पना बाहिरकै कुरा भयो। रिल अफेयर त भई नै हाल्यो, रियल अफेयसका चर्चा पनि भइरहन्छ नै। कुनै गसिपको रुपमा बाहिरिन्छ, कुनै प्रमाणसहित। अहिले टेलिभिजनको पर्दा हुँदै ठूलो पर्दामा पुगेकी मौनी रायको प्रेमलीलाबारे यस्तै गसिप गर्र्माएको छ। अहिले उनको नाम दुबईका एक बैंकरसँग जोडिएर आएको छ। यी दुवै चर्चामा आउने कारण भने थाइल्यान्डमा मनाइएको मौनीको बर्थ डेमा बैंकर सुरज नबियारको उपस्थिति नै हो।

पहिला मौनीका निकटले सामाजिक सञ्जालमा यी दुवैको तस्बिर सार्वजनिक गरेका थिए र केही समयमै डिलिट गरिदिए। किन राखे अनि किन हटाए ? चासो बढ्दा यी दुवैको अफेयर रहेको र यो बाहिरिने भएकाले हटाएको अनुमान गरियो र शुरु भयो प्रेमलीलाको चर्चा। हल्ला चलेलगत्तै मौनीले आफू अहिलेसम्म सिङ्गल रहेको दाबी त गरिन् तर पत्याउने कसले ? यसअघि मौनीको नाम मोहित रैना र फिल्म ‘ब्रह्मास्त्र’का निर्देशन अयान मुखर्जीसँग पनि जोडिएको थियो।

Leave A Comment