‘सरकारी कर्मचारीले एक पैसा छाड्दैनन्’

बुधबार, ०६ कार्तिक २०७६, १० : ५९ शुक्रवार
‘सरकारी कर्मचारीले एक पैसा छाड्दैनन्’

राजकुमार श्रेष्ठ, ट्याक्सी चालक, बा२ज १२६४

ट्याक्सी पेसामा लागेको कतिभयो ?
३ वर्ष भयो।

यो पेशा रोज्नुको कारण के हो ?
स्वदेशमै स्वरोजगार बनाैँ भन्ने हिसाबले ट्याक्सी पेशामा आएको हुँ। विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गराैँ भन्ने सोचका साथ अगाडि बढेको हुुँ। तर यहाँ त लुटेराहरु मात्रै भेटिँदा रहेछन्। सरकारले नै ट्याक्सी चालकलाई दमन गरेको देख्दा अब विदेश नै ताक्नुपर्ने अवस्था आइरहेको छ।

भने पछि सरकार नै दोषी हो त ?
सरकार नै दोषी हो नि ? २०६९ सालको भाडादर अहिलेसम्म नबढाउने। कि सरकारले भन्नुप-यो टन्न घुस खाएर ७ वर्ष अगाडिको भाडादर अहिलेसम्म लागू गराएको हो। हैन भने ट्याक्सी चालकका पनि छोराछोरी छन्। यसले परिवार पाल्नुपर्छ, स्कुल पढाउनुपर्छ भनेर सोच्नुप-यो।
हैन भने तिमीहरु जे गर्छौ गर भनेर छोडिदिनुप-यो। अहिले ट्याक्सीको मूल्य बिचौलियाले ३२ लाखभन्दा माथि पार्न थालिसके। जानेको पेसा यही हो। अर्को पेसा छैन। कि विदेश जा भन्नुप-यो। सरकार नै लुटेरा हौ भनेर हामीलाई लुटेरा बनाउँछ।

यो भन्दा अगाडि के गर्नुहुन्थ्यो ?
यो भन्दा अगाडि नेपाली सेनामा कार्यरत थिएँ। उताको पेशाबाट रिटायर भएर  ट्याक्सीमा आएको हुँ। केही न केही काम त गर्नै प-यो भनी यो पेसामा लागेको हुँ।

कमाइ कत्तिको हुन्छ ?
कमाइ त छैन। यो पेशाले यसो समाज सेवा गरिरहेको छु। दिनरात गरेर हजार, पन्ध्र सय जस्तो हुन्छ। पहिलेको जस्तो कमाइ अहिले छैन। हाम्रो कमाइ टुटल र पठाओले लुटिसके।

नाइटमा त ट्याक्सी चालक लुटेको समाचार आइरहन्छ ? तपाईं  लुटिनु भएको छ कि छैन ?
नाइट होस् या डे ट्याक्सी चालकलाई कता कता छक्याइरहेका हुन्छन्। जडिबुटीबाट भकुण्डेबेशी जानका लागि टिप आएको थियो। एकजना लेडिजले मेरो छोरो बिरामी छ जसरी पनि सूर्यविनायक पुग्नुपर्ने छ भनिन्। मैले भकुण्डेबेशीलाई भन्दा बिरामीलाई प्राथमिकतामा राखेँ। मेरो ट्याक्सीमा चढेपछि थाहा पाएँ उनले रक्सी पनि पिएकी रहिछिन् भनेर।
मैले भनेकै ठाउँमा पु-याएपछि दाइ ऊ त्यो घरबाट पैसा लिएर आउँछु है भनेर गइन्। म बाटोमा उनलाई कुरेर बसेँ। बस्दा बस्दा ती प्यासेन्जर फर्केर आइनन्। यस्ता घटना मलाई त कति परेका छन्। एक पैसा नछोड्ने यात्रु पनि फेला परेका छन्।

कस्ता खाल्का यात्रु एकपैसा पनि नछोड्ने हुन्छन् ?
धेरै जसो सरकारी कर्मचारी र दलाल काम गर्नेहरु नै हुन्। साँझ ७, ८ बजेको झम्के समय थियो। पाटनको कुन गल्ली हो मलाई याद छैन। किनभने गल्ली गल्ली छ मलाई थाहा छैन। त्यहाँ भित्र भित्रबाट मलाई लिएर आएर भोटेबहाल भित्र लिएर गयो। त्यहाँ पु-याएपछि एक सय बहत्तर रुपैयाँ उठेको थियो।
उसले मलाई एक सय पचहत्तर रुपैयाँ दियो। ३ रुपैयाँ फिर्ता माग्न थाल्यो। मैले कहाँबाट तीन रुपैया फिर्ता ल्याएर दिनु। ल्याङ ल्याङ गरेको गरै ग-यो। त्यसपछि मैले नै दुई रुपैयाँ छोडिदिए। यस्ता यात्रु प्रायः सरकारी कर्मचारी र पुराना बासिन्दा भेटिन्छन्। 

कस्ता यात्रु भेटिन्छन् ?
नाइटका यात्रु भनेका धेरै जसो रक्सी खाएका नै भेटिन्छन्। कोही यस्ता राम्रा पनि हुन्छन् कोही एडिक वालाहरु पनि भेटिन्छन्। केही समय अगाडिको कुरा हो। सनसिटीबाट धापासी जान भनेर हिँडे। उनीहरुले नशालु सुइहरु हान्दा रहेछन्। उनीहरुले फोहोर फोहोर कुरा बोलिरहेका थिए। चक्रपथ पुगेपछि बमिट गरे। उनीहरु पूरै झ्याममा रहेका केटाहरुले मलाई धापासी हाइटमा पुगेपछि साँगुरो बाटोमा पु-याएर तँलाई  ठिक पार्छु भन्न थाले, मेरो पालो एउटा पसलमा ट्याक्सी रोकेँ, पसलवालाले पुलिस बोलाउँछु भनेपछि लड्दै लड्दै भागे।
प्रस्तुतिः भोला अधिकारी

Leave A Comment