लभ बर्ड जस्टिन–हेली

बिहिबार, ०७ कार्तिक २०७६, ११ : ३१ शुक्रवार
लभ बर्ड जस्टिन–हेली

गायक जस्टिन बिबर अहिले हेली बिबरसँग वैवाहिक जीवनको आनन्द लिइरहेका छन्। अकस्मात सार्वजनिक भएको यी दुवैको प्रेम प्रसंगमाथि प्रारम्भमा अनेक आशंका भए पनि यी दुवैले यति चाँडो विवाह गरे कि गसिप मास्टरहरु पनि छक्कै परे।

अहिले अधिकांश सार्वजनिक कार्यक्रमहरुमा यी दुवै सँग र खुसी देखिन्छन्। हालै जस्टिनले आफ्नी श्रीमतीलाई आफैँले बनाएको एउटा नेकलेस उपहार दिएको समाचार सार्वजनिक भएको थियो।

सामाचार सार्वजनिक भएको केही दिनमै हेली त्यही नेकलेससहित सार्वजनिक हुँदा सबैको ध्यान उनमै थियो। पहिला गोप्य विवाह गरेका यी दुवैले सेप्टेम्बरको अन्त्यमा सार्वजनिक रुपमा दोस्रो पटक विवाह गरेका थिए।

Leave A Comment