जब सोफाले कार थलियो

शनिबार, ०९ कार्तिक २०७६, ०१ : ४१ शुक्रवार
जब सोफाले कार थलियो

अहिले सामाजिक सञ्जालमा यो तस्बिर निकै भाइरल भइरहेको छ। सामान्यतः यस्ता दृश्य नेपालमा हो भने जताततै देख्न पाइन्छ तर विदेशमा त यस्ता दृश्य दुर्लभ हुने भइहाले।

बेलायतको ग्लास्गो शहरमा फर्निचर बोकेर हिँडेको कारको हो। जो बाटोमा रोकिएको अवस्थामा थियो। यस्तो दुर्लभ दृश्य देखेपछि प्रहरीले पनि मन थाम्न सकेन र खिचेर सामाजिक सञ्जालमा हालिहाल्यो।

प्रहरीले सो तस्बिरमुनि टिप्पणी गरेको छ, ‘भविष्यको यातायात काउच। भित्र सिट नपुगे माथि पनि छ है !’ कारमा यसरी सामान लोड गर्न प्रतिबन्धित ठाउँमा यसरी ओसारपसार गरेको पाइएपछि ४९ वर्षे कारधनीलाई जरिवाना तिराइएको छ।

Leave A Comment