दुलहीको औँठीका लागि डकैती !

शनिबार, ०९ कार्तिक २०७६, ०१ : ४९ शुक्रवार
दुलहीको औँठीका लागि डकैती !

अमेरिकाको टेक्सस राज्यका एक दुलाहाले आफ्नो विवाह हुनु केही घण्टाअघि दुलहीले लगाउने औँठीको पैसा जोहो गर्न बैंकमा डकैती गरेका छन्।

हिथ बम्पस नामक ती व्यक्तिले सिजिटन स्टेट बैंकमा शुक्रबार बिहान डकैती गरेका हुन्। ३६ वर्षे ती व्यक्तिले बैंककी क्यासियरलाई बन्दुक सोझ्याउँदै पैसा मागेका थिए।

यी सोझा डाकूले क्यासियरलाई बन्दुक सोझ्याउँदै भनेछन्, ‘हेर नानी, भोलि मेरो बिहे छ। मलाई दुलहीलाई लगाउने औँठी चाहिएको छ। पैसा मसँग छैन। तेरो जाने केही होइन। जाने भनेको बैंकको हो। मलाई पैसा चाहियो। दिइनस् भने तेरो ज्यानको जोखिम होला !’

सिधासिधा बन्दुक ते-स्याएपछि अब विचरी क्यासियरले पनि के गरोस् ? उनले पनि हस् भनेर पैसा जिम्मा लगाइदिइन्।

डकैती भएको केही घण्टामा नै दुलहीलाई फोन आयो। प्रहरीले गरेको सो फोनमा उनका हुनेवाला दुलाहाले बैंक लुट्न कस्तो चमत्कार गरे भन्ने जानकारी दिएको थियो।

यसपछि हुनेवाला पत्नीले उनलाई फोन गरेर घर बोलाइन् र प्रहरीको जिम्मा लगाइदिइन्। दुलाहाले पछि प्रहरीसँग आफूले नगर्नुपर्ने काम गरेको स्वीकार गरेका थिए। प्रहरीले उनले डकैती गर्न प्रयोग गरेको बन्दुकसमेत फेला पारेको थियो।

Leave A Comment