छोरीसँग किम

आइतबार, १० कार्तिक २०७६, ०३ : १४ शुक्रवार
छोरीसँग किम

किम कार्दसियन हालै आफ्नी छोरी नर्थवेस्टसँगै देखिइन्। उनी चार सन्तानकी आमा हुन्। तर उनको पहिलो सन्तानसँग उनको अलग्गै लगाव देखिन्छ। त्यो लगाव तस्बिरमा समेत झल्किएको थियो। किम व्यस्त छिन्।

यसका बाबजुद उनी नर्थका लागि समय निकालिरहन्छिन्। यी दुवै जब एकै स्थानमा देखिन्छन्, नर्थको ड्रेस र मेकअप सेन्स पनि झल्किन्छ। उनी आमाझैँ चिटिक्क परेर हिँडेको भेटिन्छ प्रायः।

सामाजिक सञ्जालमा किमले नर्थसँगैका तस्बिरहरु प्रायः सार्वजनिक गर्छिन्। तस्बिरमा आमाछोरी बीचको आत्मियता देखिन्छ।

Leave A Comment