लभ्लीको ५० प्रतिशत छुट

बुधबार, २६ साउन २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
लभ्लीको ५० प्रतिशत छुट

भारत, पञ्जाबको लभ्ली प्रोफेसनल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट गर्ने जनाएको छ । लभ्लीको आधिकारिक कन्सल्ट्यान्सी हब इन्टरनेसनल एजुकेसनका अनुसार हरेक कोर्समा हरेक विद्यार्थीले छुट पाउनेछन् ।
‘३० देखि ५० प्रतिशतसम्म छात्रवृत्तिको लभ्लीले व्यवस्था गरेको छ,’ काठमाडौँ, बागबजारस्थित हब इन्टरनेसनलका एक्जिक्युटिभ चेयरम्यान उद्ववबहादुर खड्काले भने, ‘अहिले स्नातक र स्नातकोत्तर तहका विभिन्न कोर्समा भर्ना भइरहेको छ ।’ इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि थप छुट व्यवस्था गरिएको उनले बताए । उनका अनुसार यो विश्वविद्यालयमा नेपालबाट नर्सिङ, प्यारामेडिकल, फिजियोथेरापी, फार्मेसी, इन्जिनियरिङ, व्यवस्थापन र विज्ञानमा धेरै विद्यार्थी जाने गरेका छन् ।
‘त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त विश्वविद्यालय भएकाले नेपाली विद्यार्थीका लागि धेरै सजिलो छ,’ खड्काले भने, ‘विश्वका अरू ५० भन्दा बढी विश्वविद्यालय र कलेजसँग समकक्षता छ । जब फेयर नै आयोजना गरेर प्लेसमेन्टको व्यवस्था छ ।’ उनका अनुसार हालसम्म यो विश्वविद्यालयमा पाँच सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । पञ्जाबमा पढ्नका लागि नेपाली विद्यार्थीलाई सहज रहेको उनले बताए । ‘खानबस्न पनि सजिलो छ,’ उनले भने, ‘यस कारणले पनि नेपाली विद्यार्थीको रोजाइमा यो विश्वविद्यालय पर्ने गरेको छ ।’

 

Leave A Comment