ग्रीन टपमा दिशा

बुधबार, १३ कार्तिक २०७६, ०३ : ३७ शुक्रवार
ग्रीन टपमा दिशा

एमएस धोनीको बायोपिकमा देखिएकी नायिका दिशा पटानी पहिलो फिल्मबाटै दर्शकको नजरमा पर्न सफल भइन्। उनी फिल्मको पर्दामा जति सोझी देखिन्छिन् वास्तविक जीवनमा भने उनको ग्ल्यामरस छवि छ।

हालै उनी सोसल मिडियामा छाएकी छन्। तस्बिरमा उनले ग्रीन टप र ब्लु जिन्ससँगै खैरो र सेतो कलरको जुत्ता लगाएकी छन्। इन्स्टाग्राममा सार्वजनिक भएको उनको तस्बिर उनका फ्यानहरुले खुब रुचाइरहेका छन्।

उनका तस्बिर २७ लाख बढीले मन पराएका छन्। फोटोको प्रतिक्रिया प्रशंसाले भरिएको छ। उनी सलमान खानसँग ‘भारत’मा सँगै देखिएकी थिइन्। आउँदो फिल्म ‘राधे’मा पनि उनी सलमानसँगै देखिदैछिन्।

Leave A Comment