साराको ब्रेकअप

बुधबार, १३ कार्तिक २०७६, ०३ : ४६ शुक्रवार
साराको ब्रेकअप

ब्युटिफुल बलिउड एक्ट्रेस सारा अली खान र कार्तिक आर्यनको लभ अफेयर्स बलिउडमा मसलामय गसिप बनेको लामै समय भइसक्यो।

सार्वजनिक कार्यक्रममा यी दुवै सँगै देखिदा यी दुवैको केमेस्ट्री खुब मिलेको देखिन्थ्यो तर ब्याड लक। अहिले यी दुवैको ब्रेकअपको चर्चा चुलिएको छ। यी दुवैले अभिनय गरेको फिल्म ‘आजकल’ आगामी भ्यालेन्टाइन्स् डेमा रिजिल हुँदैछ।

यी दुवैको रियल लाइफको सम्बन्धले फिल्मलाई फाइदा पुग्ने धेरैको अनुमान थियो तर फिल्म हलमा लाग्दासम्म दुवै आ–आफ्नो बाटो तताउने जोखिम बढेर गएको छ।

दुवैको निकट स्रोतको हवाला दिँदै सार्वजनिक भएको समाचारअनुसार यही फिल्मबाट दुवै नजिक भएका थिए र अहिले रिलेसन अगाडि बढाउन नसकिने भन्दै दुवैले सहमतिमै ब्रेकअप गरेका हुन्।

Leave A Comment