हट मम्मी

बिहिबार, १४ कार्तिक २०७६, १२ : ०३ शुक्रवार
हट मम्मी

‘हट मम्मी’ कोर्टनी कार्दसियनले हालै आफ्नो फोटो सिरिज सार्वजनिक गरिन्, जसलाई उनको अहिलेसम्मको सबैभन्दा सेक्सिएस्ट फोटो सुट भनिएको छ।

४० वर्षकी तीन सन्तानकी आमासमेत रहेकी उनले आफ्नो इन्स्टा अकाउन्टमा तस्बिरमा सिरिज राखेकी हुन्। स्ट्रेपलेस ब्ल्याक कोरसेट मिनीड्रेसमा खिचाइएको तस्बिर वास्तवमै निकै हट छ। तस्बिरमा एक स्टोर बाहिर उनी कोक पिइरहेको देखिन्छ।

उनले घुँडासम्म आउने खैरो लेदर बुट लगाएकी छन्। सन ग्लाससमेत निकै सुहाएको छ उनलाई। उनका पछाडि दुई व्यक्ति उभिएको देखिन्छ। तस्बिरले उनले केही सुट गरिरहेको झैँ देखिन्छ तर के खिचिरहेको हो खुल्दैन।

कोकको बोतलसँगै रहेकाले विज्ञापन पो हो कि भन्ने चैँ अनुमान भइरहेको छ।

Leave A Comment