दुर्गम तारेहोटल

बुधबार, २६ साउन २०७३, ०१ : २० शुक्रवार , Kathmandu
दुर्गम तारेहोटल

तारेहोटल अक्सर सजिलै पुग्नसकिने र बाटोघाटोको राम्रो सुविधा भएको ठाउँमा खोलिएका हुन्छन् । तर, चीनमा एउटा चारतारे होटल चरम दुर्गम ठाउँमा छ । होटलसम्म पुग्न ग्राहकले ६० हजार सिँढी चढ्नुपर्ने हुन्छ ।
‘जेड स्क्रिन’ नाम गरेको सो होटल चीनको एलो माउन्टेनमा छ । होटलसम्म पुग्नु आफैँमा एउटा साहसी पर्यटनजस्तो लाग्ने भएकाले होटलको ग्राहक बन्नकै लागि पनि विभिन्न देशबाट पर्यटक चीन पुग्ने गरेका छन् ।
सिँढी चढ्दाचढ्दै कुनै पर्यटक लखतरान भएर थप चढ्न नसक्ने भएमा भरियालाई बोकाएर उनीहरूलाई होटलसम्म पु¥याउने सुविधाको बन्दोबस्तसमेत मिलाइएको छ । त्यो पनि गर्न नसक्नेलाई केवलकारमार्फत होटलसम्म पु¥याउने गरिन्छ । यति हुँदाहुँदै पनि १८३० मिटरको उचाइमा रहेको यो होटलमा अधिकांश पर्यटक सिँढी उक्लिएर नै पुग्ने गर्छन् ।

Leave A Comment