मोबाइल विवादमा मारिइन् फुटबलर

शनिबार, २३ कार्तिक २०७६, १२ : ५५ शुक्रवार
मोबाइल विवादमा मारिइन् फुटबलर

मोबाइलको विषयमा भएको विवादमा धारिलो हतियार प्रहारबाट जमैकाकी राष्ट्रिय महिला फुटबल खेलाडी टारानिया क्लार्कको हत्या भएको छ। गत बिहीबार राति जमैकाको राजधानी किङ्गस्टनमा मोबाइलको विषयमा भएको झगडामा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।

घाइते भएकी उनलाई उपचारका लागि अस्पताल पु-याइएको थियो। उपचारको क्रममा  २० वर्षीया क्लार्कको मृत्यु भयो।

वाटरहाउस फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी क्लार्कले सेप्टेम्बरमा भएको ओलम्पिक छनोटअन्तर्गत क्युबाविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ मै गोल गरेकी थिइन्। उनको हत्यामा संलग्न रहेको आशंकामा एक महिला पक्राउ परेकी छिन्।

Leave A Comment