सन्दीपको कीर्तिमान

शनिबार, २३ कार्तिक २०७६, ०१ : २१ शुक्रवार
सन्दीपको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन्। क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप टी–ट्वान्टी क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन्। म्यागेजिनका अनुसार उनले अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलेका छन्।

सन्दीपले भारतको आईपीएल, बंगलादेशको बिपीएल, अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानडाको ग्लोबल टी–ट्वान्टी–२० र युएईको टी–१० लिग खेल्ने क्रममा उक्त राष्ट्रको भ्रमण गरेका हुन्। उनी सन्दीप धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन्। सन्दीपले ७ टिमबाट खेलेका छन्।

सर्वेक्षणअनुसार सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स, बर्वाडोस ट्रिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन्।

सन्दीपसँगै अफगानिस्तानका नाजिबुल्लाह जाड्रनले पनि आठ राष्ट्रको भ्रमण गरेका छन्। सर्वेक्षणमा सन्दीप र जाड्रन संयुक्त शीर्ष स्थानमा रहेका छन्। अफगानिस्तानका राशिद खान, रहमत शाह, श्रीलंकाका थिसरा परेरा, इशुरु उडाना र न्युजिल्यान्डका कोलिन मुन्रोले ७ राष्ट्र भ्रमण गरेर दोस्रो स्थानमा रहेका छन्।

Leave A Comment