शाहरुखको सरप्राइज

बिहिबार, २८ कार्तिक २०७६, ०१ : २२ शुक्रवार
शाहरुखको सरप्राइज

बलिउड स्टार शाहरुख खानका लागि ५४ औँ जन्मदिन निकै स्मरणीय भयो। उनका फ्यानहरुले जमेर उनको जन्मदिन मनाए। उनका मित्र सलमान खानले सामूहिक रुपमा शुभकामनाको सरप्राइज दिए।

शाखरुख पनि के कम ! उनले पनि आफ्ना फ्यानहरुलाई सरप्राइज दिए, सन् २०२० मा नयाँ फिल्म ल्याउने घोषणा गरेर। शाहरुखको नयाँ फिल्म नआएको डेढ वर्ष भइसक्यो। फिल्म जिरो फ्लप भएपछि दोस्रो फिल्म आएको छैन।

यसले उनका फ्यान निराश हुने नै भए। उनले नयाँ फिल्मको घोषणा गरे पनि के हो र कुन विषयमा हो, सो भने खुलाएका छैनन्।

Leave A Comment