रिसाइन् अनुष्का

बिहिबार, २८ कार्तिक २०७६, ०१ : २८ शुक्रवार
रिसाइन् अनुष्का

श्रीमान् विराट कोहलीका लागि भारतीय क्रिकेट बोर्डका अधिकारीलाई प्रभावमा पार्ने गरेको आरोप लागेपछि बलिउड अभिनेत्री अनुष्का शर्मा निकै रिसाइन्।

क्रिकेटर कोहलीसँग जोडेर उनको आलोचना भएको यो पहिलो पटक नभए पनि उनले बोल्ड प्रतिक्रिया दिएको भने पहिलो पटक हो।

त्यसैले धेरैले उनको प्रतिक्रियालाई यसपालि गम्भीर रुपमा पनि लिए। उनले यसअघि आफ्ना बारेमा आउने समाचारबारे मौन बस्ने गरे पनि यसपालि भने मौन बस्न नसकेको भन्दै खण्डन मात्र गरिनन्, यस्ता वाहियात चर्चा नगर्न चेतावनीसमेत दिइन्। हुन पनि कति सहनु ?

विराटले खेल बिगार्दा पनि उनले नै गाली खाने तर राम्रो खेल्दा कहिले प्रशंसा नपाउने ! उनी श्रीमती पो हुन् त, क्रिकेट कोच त पक्कै हैनन्। त्यसैले उनले यसपालि जे गरिन्, ठीक गरिन्।

Leave A Comment