विवादमा अनु मलिक

बिहिबार, २८ कार्तिक २०७६, ०१ : ४९ शुक्रवार
विवादमा अनु मलिक

यौन दुव्र्यवहारको आरोप लागेसँगै भारतीय गायक तथा कम्पोजर अनु मलिक इन्डियन आइडल सिजन १० को निर्णायकबाट बाहिरिन बाध्य भएका थिए। तर सिजन ११ मा उनी पुनः फर्किए निर्णायकको रुपमा। उनी इन्डियन आइडलको निर्णायकमा फर्किएलगत्तै उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाउने सोना महापात्रा निक्कै रिसाइन् र टुइट गरिन्।

उनको रिसले त्यत्ति काम गरेन तर लगत्तै उनीमाथि गायिकाले आफूलाई गलत व्यवहार गरेको आरोप लगाएपछि भने उनी पुनः विवादमा तानिए। उनलाई अहिले दुव्र्यवहारको आरोप लगाएकी हुन्, गायिका नेहा भासिनले।

मलिक इन्डियन आइडलमा फर्किएको रिस पोख्न सोनाले गरेको टुइटमा प्रतिक्रिया दिँदै उनले अनुले आफूलाई समेत दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। उनको आरोपले अनु विवादमा त तानिए तर उनको निर्णायक कुर्सी भने हल्लिएन यसपालि।

Leave A Comment