महिला–महिलाको बिहे

बिहिबार, २७ साउन २०७३, १० : ४९ शुक्रवार , Kathmandu
महिला–महिलाको बिहे

तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ । झट्ट हेर्दा समलिंगी परम्पराजस्तो देखिए पनि यसरी बिहे गर्ने महिला समलिंगी चाहिँ होइनन् । यसरी गरिने बिहे यौनसम्बन्धका लागि नभई सम्पत्तिमाथि महिलाको स्वामित्व सुनिश्चित गर्नका लागि हो ।
महिलासँग बिहे गरेपछि पुरुषसँगको बिहे प्राविधिक खालको मात्र हुन्छ । अर्थात्, सन्तानोत्पादन र घरजम बसाउनका लागि महिलाले पुरुषलाई अपनाउँछन्, तर उनीहरूको बिहे चाहिँ महिलासँगै हुन्छ । यसो गर्दा घरको सम्पत्तिमाथि पुरुषले दाबी गर्न पाउँदैन । ‘यहाँका महिला सम्पत्तिमाथिको अधिकारलाई आफ्नो हातबाट फुत्किन दिने पक्षमा छैनन्, यसैकारण उनीहरूको समुदायमा पुरुषसँगको औपचारिक विवाह खारेज हुन पुगेको छ,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment