पाण्डुलिपिमाथि डेनमार्क र आइसल्यान्डको झगडा

शनिबार, ३० कार्तिक २०७६, १२ : ५६ शुक्रवार
पाण्डुलिपिमाथि डेनमार्क र आइसल्यान्डको झगडा

युरोपको उत्तरी भेग प्रायः संयुक्त किसिमको इतिहासले भरिएको छ। खासगरी नोर्स समुदायको युद्ध र साहसको कथा त युरोपकै सर्वप्रिय कथा मानिन्छ। झन् यो कथा डेनमार्क र आइसल्यान्डले आफ्नो बपौती नै ठान्छन्।

यस्तोमा नोर्स समुदायको इतिहासमा पाइने भाइकिङको युद्ध, त्यसका राजा र भगवानको कथा समेटिएको लिखित पाण्डुलिपिमाथि त लुछाचुँडी हुने नै भयो। अहिले डेनमार्कस्थित कोपेनहेगन विश्वविद्यालयमा १८ औँ शताब्दीताका ल्याइएको सो पाण्डुलिपिमाथि आइसल्यान्डले दाबी गरिरहेको छ र फिर्ता लैजान चर्को आवाज निकालिरहेको छ।

संयुक्त राष्ट्रसंघको सांस्कृतिक संगठन युनेस्कोले युरोप र खासगरी उत्तरी युरोपकै अस्तित्वमा रहेको एक्लो महत्वपूर्ण पाण्डुलिपि भनी बताएपछि त आइसल्यान्डलाई यो नभई भएन। यो पाण्डुलिपि १२ औँ शताब्दीताका लेखिएको विश्वास गरिएको छ।

१४ सय वटा डकुमेन्ट रहेको यो पाण्डुलिपि ‘एर्नामेग्नन’लाई कसले लेख्यो भन्ने अझै पत्ता लगाउन सकिएको छैन तर यसपछिको अर्को पुरानो पाण्डुलिपि ‘हेम्सक्रिङ्ला’लाई भने १३ औँ शताब्दीमा आइसल्यान्डका कवि तथा इतिहासकार स्नोरी स्टर्लसनले लेखेको विश्वास गरिन्छ।

आइसल्यान्डलाई पहिला डेनमार्कले कोलोनी बनाएको थियो। १९६० देखि सो पाण्डुलिपि फर्काउन अनुरोध गरिए पनि डेनमार्कले नसुनेझैँ गरिरहेको थियो।

डेनिसहरुले सन् १६०० देखि नै यहाँ शासन गरिरहेका थिए। सन् १९४४ मा मात्र आइसल्यान्डले स्वतन्त्रता प्राप्त गरेको हो।

Leave A Comment