केट प्रेमी करण

बुधबार, ०४ मङि्सर २०७६, ०२ : ०० शुक्रवार
केट प्रेमी करण

पार्टी लभरको रुपमा परिचित बलिउड फिल्म निर्माता करण जौहरको अमेरिकी गायिका केट पेरी प्रेम अहिले बलिउडमा चर्चाको विषय बनेको छ। केट एउटा कार्यक्रमका लागि मुम्बई आउँदैछिन्।

उनी मुम्बई आएको मौका छोपेर करण उनको स्वागतमा भव्य पार्टी दिने तयारीमा छन्। केट उनको निमन्त्रणामा भारत आउन लागेकी भने हैनन्।

उनी सांगीतिक कार्यक्रममा सहभागी हुन भारतको मुम्बई आउन लागेकी हुन्। उनको कार्यक्रमको समापन मुम्बईमा हुने भएपछि करणले यही मौका छोपेर उनलाई पार्टी दिने योजना बनाएका हुन्।

आफ्नो पाहुना नभए पनि पनि बलिउडका सेलिब्रिटीलाई समेत निम्त्याएर ककटेल पार्टी दिने तयारीले करणको केट प्रेम त देखाउने नै भयो नि !

Leave A Comment