अंकिताको डेनिम अवतार

बिहिबार, ०५ मङि्सर २०७६, ११ : ४७ शुक्रवार
अंकिताको डेनिम अवतार

भारतीय टेलिक्विन अंकिता लोखण्डे अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छन्। भाइरलको कारण हो, उनको नियोन टप र डेनिम डाँगरी स्कटमा खिचेको तस्बिर। हालै गरेको फोटो सुटमा उनको बोल्ड मेकअपले धेरैको ध्यान तानेको छ।

उनी आफैंले इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरमा उनी निकै खुलेकी छन्। नेपालमा समेत रुचाइएको ‘पवित्र रिस्ता’ टेलिसिरियलबाट दर्शकको मनमा बस्न सफल अंकिताले ‘मणिकर्णिका’बाट बलिउडमा डेब्यु गरेकी थिइन्।

उनी अहिले भारतीय व्यापारी विक्की जैनसँगमा डेटमा रहेको चर्चा छ। केही समयअगाडि किस गरिरहेको यी दुवैको भिडियो लिक भएको थियो।

Leave A Comment