नोलोलाई युवती प्यारी

बिहिबार, ०५ मङि्सर २०७६, ११ : ५९ शुक्रवार
नोलोलाई युवती प्यारी

अमेरिकी मोडल तथा अभिनेत्री नोलो रबिन्सनले एक कार्यक्रममा आफ्नो सेक्सुआलिटीबारे खुलेर बोलिन्। ‘द रियल हाउस वाइफ अफ एटलान्टा’ कार्यक्रममा उनले आफूलाई केटाभन्दा पनि केटी बढी आकर्षक लाग्ने बताएपछि उनी जेन्डर बायस भएको भन्दै आलोचना भइरहेको छ। २० वर्षिया नोलो अमेरिकी मोडल सिन्थिया बेलीकी छोरी हुन्।

कार्यक्रममा उनले ‘आकर्षक युवाहरु पनि नभएका हैनन् तर मलाई केटीहरु नै बढी आकर्षक लाग्छन्,’ भन्ने प्रतिक्रिया दिएकी थिइन्। हार्वर्ड युनिर्भसिटीमा पढ्दा फ्रेसम्यानसँग पहिलो पटक यौन सम्बन्ध भएको खुलाउँदै उनले सो दिन आफ्नालागि अनपेक्षित दिन रहेको बताइन्। आफ्नी छोरी केटा र केटी दुवैसँग डेटमा रहेको खुलासापछि उनकी आमाले पनि आश्चर्य जनाइन्। उनले भनिन्, ‘मलाई यस्तो लाग्दैन। हामी सधैँ उनको शुभेच्छा चाहन्छौं। राम्री युवती या युवक जो भेटे पनि हाम्रो आशीर्वाद रहने छ।’

Leave A Comment