मृणालको खुसी

बुधबार, ११ मङि्सर २०७६, ११ : ५० शुक्रवार
मृणालको खुसी

टेलिसिरियलमा अभिनय गर्दागर्दै बलिउडमा धमाकेदार प्रवेश गरेकी मृणाल ठाकुरको ‘सुपर ३०’ र ‘बाटला हाउस’ले चमत्कार गर्न नसकेपछि उनी राम्रो फिल्मको प्रतीक्षामा थिइन् तर काम पाइरहेकी थिइनन्।

प्रतीक्षा लामै भयो उनको। बल्लतल्ल काम पाइन्। लक्षण हेर्दा प्रतीक्षाको फल मिठै होला जस्तो छ उनको। अब उनी अभिनेत्री बन्न लागेको फिल्ममा उनको अपोजिटमा छन्, साहिद कपुर अनि फिल्मको नाम चाहिँ ‘जर्सी’।

रिमेक फिल्ममा साहिदसँग अनस्क्रिन रोमान्सका लागि चयन भएपछि उनको खुसीको सीमा छैन। उनी अहिले मिडियामा खुसी बाँड्दै हिडिरहेकी छन्। उनको यो खुसी फिल्मले कायम गरिदिने हो कि हैन कुन्नी ?
 

Leave A Comment