सडकमा सामूहिक स्तनपान

शुक्रबार, २८ साउन २०७३, ११ : ४४ शुक्रवार , Kathmandu
सडकमा सामूहिक स्तनपान

फिलिपिन्समा सयौँ महिलाले सडकमा सामूहिक रूपले स्तनपान गराएका छन् । सुत्केरी महिलाहरूको एउटा हूलले यसरी सामूहिक रूपमा सडकमै स्तनपान गराएको हो ।
शिशुको स्वास्थ्यका लागि आमाको दूध कति महŒवपूर्ण छ भन्ने बोध फिलिपिनी महिलामा घट्दै गएको बताइन्छ । स्तनपानको महŒवप्रति मानिसलाई आकर्षित गर्ने उद्देश्यले सार्वजनिक स्थानमा सामूहिक स्तनपान गराउने यो कार्यक्रम आयोजना गरिएको हो । स्तनपान गराउँदा सुत्केरी महिलालाई गौरव महसुस हुने र शिशुले समेत यसबाट लाभ लिने सन्देश भएका प्लेकार्डसमेत कार्यक्रममा सहभागीले बोकेका थिए । चार वर्षअघि पनि फिलिपिन्समा यसरी सामूहिक रूपमा स्तनपान गराउने कार्यक्रम भएको थियो ।

 

Leave A Comment