वाणीको खराब बानी

बुधबार, ११ मङि्सर २०७६, ११ : ५७ शुक्रवार
वाणीको खराब बानी

वाणी कपुर पनि के–के गर्छिन् गर्छिन् ! केही न केही विषयले विवादमा आइरहन्छिन् यी बलिउड बाला ! अहिले सोसल मिडिया हेर्ने हो भने खाली उनलाई गाली गरेको मात्र भेटिन्छ। कारण हो, उनको बिकिनी टप। बिकिनी टप लगाएकाले गाली गरेको भने हैन।

उनले जुन बिकिनी टप लगाएर फोटो खिचिन् नि त्यसमा हे राम लेखिएको थियो। भारतमा भर्खरै त हो रामको जन्मभूमि अयोध्यामा बाबरी मस्जिद भएको ठाउँमा राम मन्दिर बनाउने अनुमति पाएको।

यस्तो बेलामा हे राम लेखेको बिकिनी लगाएर बुबु छोपेपछि कसले सहन सक्छ त ? अनि गाली नखाएर प्रशंसकले पनि कसरी प्रशंसा गर्नु ? बानी चैँ सुधार्नै प-यो के वाणी !

Leave A Comment