हैरान हल्जी

बुधबार, ११ मङि्सर २०७६, १२ : २१ शुक्रवार
हैरान हल्जी

ब्वाइफ्रेन्डले पेट मुसारिरहेको तस्बिर सार्वजनिक भएलगत्तै गायिका हल्जी गर्भवती भएको चर्चा चुलियो। उनले टुइट पनि त्यस्तै गरिरहेकी थिइन्, ‘छोरा होला कि छोरी’ भन्दै।

आफैँले टुइट गरेपछि शंका बढ्ने त भइगयो नि ! आफ्नै कारण गर्भवती भएको समाचारहरु बन्न थालेपछि भने उनलाई टेन्सन भएछ र टुइट गर्दै आफू गर्भवती भएको हल्ला मात्र रहेको भन्दै खण्डनै गर्नुप-यो। यसरी खण्डन गर्नुपर्ने अवस्था अरुले बनाइदिएको हैन क्यार, उनी आफैंले बनाएको त हो नि !
 

Leave A Comment