बिरामीकै बलात्कार प्रयास

सोमबार, १६ मङि्सर २०७६, १० : ३७ शुक्रवार
बिरामीकै बलात्कार प्रयास

जेनरल फिजिसियन रोहितकुमार झा ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हुनुपर्ने हो। तर पेशागत धर्म बिर्सिएर आफूसँग उपचार गर्न आएकी बिरामीमाथि ‘अपराध’ गर्दा उनी अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।

उनीमाथिको आरोप छ, जबर्जस्ती करणी प्रयासको। अस्पतालमा जँचाउन आएकी एक महिलाको शरीर परिक्षणको बहानामा उनले संवेदनशील अंगमा अनावश्यक रुपमा हात पु-याएको ती महिलाको आरोप छ। उनी आइतबार अस्पताल गएकी थिइन्।

प्रहरीलाई आएको जानकारीअनुसार स्वास्थ्यमा सामान्य समस्या आएर जँचाउन गएकी ती महिलालाई झाले आकस्मिक कक्ष नजिकैको कोठामा स्वास्थ्य परिक्षणको बहानामा बलात्कारको प्रयास गरेका थिए। झाको हर्कतपछि ती महिला जोगिएर अस्पतालबाट निस्कन सफल भइन्।

अस्पतालमा झाले गरेको व्यवहार उनलाई निको नलागेपछि बेलुका प्रहरीलाई सो घटनाबारे जानकारी गराएकी थिइन्। महिलाले आफूमाथि भएको घटनाबारे जानकारी गराएलगत्तै प्रहरीले झाको खोजी ग-यो। उनी अस्पतालमा रहेको सूचना आएपछि लतिलपुर प्रहरी अस्पतालै पुगेर उनलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसरले जिल्ला अदालत ललितपुरको अनुमति लिएर अहिले चिकित्सक झामाथि बलात्कार प्रयासको आरोपमा अनुसन्धान अगाडि बढाइसकेको छ। अस्पतालमा कार्यरत चिकित्सक गम्भीर अपराधमा मुछिएपछि अस्पताल प्रशासनले उनलाई निष्काशन गरेको छ।

रिसोर्ट पु-याएर बलात्कार प्रयास
१८ वर्षीया एक युवतीलाई उनका दुई साथीले जागिर पाइन्छ भन्दै कन्सल्टेन्सी मिता इन्टरनेसनल प्रालिका सञ्चालक रोहितकुमार ढुंगानालाई भेटाइदिए। उनीहरु बानेश्वरको एक रेस्टुरेन्टमा भेटेका थिए। उनीहरुले त्यहीँ खाजा खाए। ती युवती पनि कामको खोजीमा थिइन्। ढुंगाना निक्कै फरासिला थिए। उनले ती युवतीलाई जागिर दिने पक्कापक्की झैँ गरे।

जागिरका लागि अन्र्तवार्ता लिनुपर्ने भन्दै उनले ती युवतीलाई गोदावरीको वृन्दावन रिसोर्टमा पु¥याए। उनले रिसोर्टमा कोठा बुक गर्दा ती युवतीलाई साली भने। अन्य दुई युवती भने पछि आउँछु भन्दै हिँडे। रिसोर्टमा युवती एक्लै भएपछि अन्तर्वार्ताको साटो उनी मदिरा पिउन थाले। ती युवतीले पटक–पटक अन्तर्वार्ता लिन आग्रह गर्दा ‘पख न, पछि लिउँला’ भन्दै राखेका थिए।

बेलुका ती युवती चिच्याएपछि रिसोर्टका कर्मचारीले उनीमाथि बलात्कार प्रयास भएको चाल पाए। आफ्नो पोल खुल्ने भएपछि ढुंगाना राति २ बजे नै रिसोर्टबाट भागेका थिए। महिला रिसोर्टबाट फर्किएपछि महानगरीय प्र्रहरी परिसरले ढुंगानालाई शुक्रबार पक्राउ गरेर बलात्कार प्रयासको आरोपमा अनुसन्धान गरिरहेको छ।

Leave A Comment