जिससको अश्लील हर्कत !

बुधबार, १८ मङि्सर २०७६, १२ : १९ शुक्रवार
जिससको अश्लील हर्कत !

यतिबेला सोसल मिडियामा एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा जिसस क्राइस्टको तस्बिरमा गम्भीर गल्ती भएको पाइएको छ। कुनै चर्चको भित्तामा कोरिएको चित्रमा मेरी र जिसस क्राइस्ट देखिन्छन्। तस्बिरमा क्राइस्टको हातले आफ्नो गुप्ताङ्क चलाइरहेको महसुस हुन्छ।
प्रायः चर्चमा कुँदिने त्यस्ता चित्रले बाइबलमा वर्णित कथाहरुलाई चित्रात्मक व्याख्यान दिने गर्छन्।

तर एक जना महिलाले आफू गइरहने चर्चको भित्तामा नियालेर हेर्दा जिसस क्राइस्ट र मेरीको चित्रमा केही गम्भीर गल्ती रहेको देखिन्। सो गल्ती खिचेर उनले सामाजिक सञ्जालमा के राखेकी थिइन्, भाइरल भइहाल्यो।

रोजीले सामाजिक सञ्जालमा ती तस्बिर राख्दा नै भनेकी थिइन्, ‘मैले यो तस्बिरमा केही गम्भीर गल्ती देखेँ, शायद मेरो आँखा नै खराब पो हो कि ! लौन, मलाई सच्याइदिनु प-यो !’
उनको यो टिप्पणीसँगै सो तस्बिरका बारेमा भरमार कमेन्ट आउन थालिहाल्यो।
यो तस्बिरमा जिसस क्राइस्ट र उनकी आमालाई देखाइएको छ। जिसस क्राइस्टलाई क्रसमा झुण्ड्याइसकेपछि दुःखी आमाले क्राइस्टलाई काखमा लिएकी छन्।

यो तस्बिर चाहिँ प्रख्यात मूर्तिकार माइकेलेञ्जेलोले सन् १४९८÷९९ मा बनाएको ‘द पिटा स्टाचु’बाट प्रेरित भएर बनाइएको थियो।

खासमा यो तस्बिर बनाउँदा जुन रङ हाल्नु पर्ने थियो, चित्र कोर्नेले त्यो रङ हाल्न बिर्सिएपछि मेरीको हात अन्तै पुगेको र अश्लील बन्न पुगेको देखिएको हो।
रोजीले तस्बिरसँगै टिप्पणी लेखेकी थिइन्, ‘हैन, यी मेरीको हात कहाँ पुग्या हो ?’
ट्वीटरमा हालिएको यो तस्बिर र टिप्पणीले हजार रिट्वीट पाएको छ भने हजारौँ कमेन्टले भरिएको छ।
अधिकांशले चाहिँ तस्बिरमा अर्कै रङ भरिएकाले यस्तो भएको सुझबुझपूर्ण टिप्पणी गरेका छन्।
एक जनाले टिप्पणी गर्दै लेखेका छन्, ‘ओहो ! जिससको ‘सेकेन्ड कमिङ’ हो कि ?’
रोजीको यो तस्बिरको प्रतिक्रिया दिनेले चर्चमा फेला पारिएका अन्य यस्ता गल्तीहरुलाई पुनः पोस्ट गर्ने अवसरका रुपमा उपयोग गरे।

Leave A Comment