जवानी बेच्न ८ सय किमि टाढा !

बुधबार, १८ मङि्सर २०७६, १२ : २६ शुक्रवार
जवानी बेच्न ८ सय किमि टाढा !

ग्याब्रियल रिज १८ वर्षकी मात्र भइन्। बिहेका लागि उनको उमेर पुग्यो। उनका अभिभावकलाई १८ वर्ष पुग्नुअघि नै भनेकी थिइन्, ‘म चाहिँ बूढो उमेरको व्यक्तिसँग मात्र बिहे गर्छु। तपाईंले आपत्ति जनाउन पाउनु हुन्न।’

अब रिजले साँच्चिकै भनेकी हुन् कि ठट्टा के थाहा ? त्यसैले उनीहरुले हाँसेर उडाइदिएका थिए। जब रिज १८ वर्षकी भइन्, उनले बाउआमालाई आफूले केटा खोजिसकेको र बिहेका लागि ८ सय किमि टाढा जान लागेको जानकारी दिइन्।

अब छोरीको बिहेका लागि उनका अभिभावकले अनेक सपना देखेका थिए तर रिजले भनिन्, ‘तपाईंहरुले मेरो बिहेको चिन्ता गर्नु पर्दैन। म भागेर जान लागेकी हुँ।’

खासमा एउटा डेटिङ साइटमा रिजले आफूभन्दा २४ वर्षे जेठो व्यक्तिसँग चिनजान अघि बढाएकी थिइन्। जो व्यक्ति थिए, उनले आफू भर्जिनिटी किन्न तयार रहेको सूचना राखेका थिए। १८ वर्ष पुग्नेबित्तिकै आफू त्यसका लागि तयार हुने रिजले बताएकी थिइन्। ती सुगर ड्याडी पनि उनका कुरामा सहमत भए।

त्यसपछि सुगर ड्याडी, उनकी पत्नी र रिज सँगै बस्न थाले। यतिबेला २१ वर्ष पुगेकी ग्राफिक डिजाइनर रिज तीन जना सँगै बसे पनि बेलाबखतमा ईष्र्याले सम्बन्धमा खलल पु-याउने भए पनि अहिलेसम्म फरक नपरेको बताइन्।
रिजले ज्याकब नामक पुरुषसँग सम्बन्ध राखेकी हुन्। ज्याकबकी पत्नी मेगनले खासमा आफ्ना लोग्नेका लागि रिजलाई खोजिदिएकी हुन्। रोचक के छ भने मेगनले नै रिजका बाबुआमालाई यो सम्बन्धका बारेमा तीन वर्षअघि नै बताएकी हुन्।

शुरुमा ठट्टाका रुपमा लिएका उनीहरुले वास्तविक रुपमै आफूभन्दा २४ वर्ष जेठो व्यक्तिलाई अँगाल्ने भएपछि रिसाएका थिए।

अमेरिकाको उत्तरपश्चिमी भाग उटाहको साल्ट लेक सिटीमा यतिबेला उनीहरु बसिरहेका छन्। रिज भन्छिन्, ‘मलाई पाका लोग्ने मान्छे खुबै मन पर्थे। त्यसैले मैले ज्याकबलाई रोजेकी हुँ।’

‘हाम्रो केमेस्ट्री यति धेरै मिल्छ कि केही नयाँ कुरा ग-यो भने हामी तीनै जना त्यसमा सहमत भइहाल्छौँ,’ रिजको भनाइ छ।

‘ज्याकब र मेगन दुवै बूढा छन् तर विचार भने उनीहरुको पनि तन्नेरीको झैँ छ,’ रिजको भनाइ छ, ‘हामी ओछ्यानमा तीनै जना सुत्छौँ। ज्याकबको सन्तुष्टिको ख्याल हामी दुवै महिलाले राख्छौँ र रोचक के छ भने मेगनले पनि मेरो र मैले मेगनको यौन सन्तुष्टिका बारेमा पनि चासो राख्ने गर्छौं।’
बिहेको तीन वर्ष भइसक्दा पनि कुनै पनि क्षण आफूलाई गलत गरेको नलागेको रिज बताउँछिन्।

रिजका बुबा डन ४६ वर्षे कम्प्युटर डाटा विश्लेषक हुन्। ज्याकबभन्दा एक वर्ष जेठा डन र उनकी आमा ४४ वर्षीया क्याथी भने यो बिहे र जीवनशैलीबाट बिल्कुलै खुसी छैनन्।

रिजले केही दिनको रमाइलो वैवाहिक जीवन मात्र बिताइनन्, त्यसपछि जागिर पनि खान थालिन्। जागिरपछि त उनका लागि यो जीवन झनै रोचक बन्न पुग्यो।

‘म कामले थाकेर घर पुग्दा, मलाई खाना बनाएर मेरी सौता बसिरहेकी हुन्थिन्,’ रिज भन्छिन्, ‘मेगनले मेरो ख्याल जुन तरिकाले राख्छिन्, त्यसबाट म बहुतै प्रभावित भएँ। र, सधैँका लागि यहीँ बस्ने निधो गरेँ।’

पहिलो पटक जब मेगन र ज्याकबलाई भेटेर जसै तीन दिन बिताइन्, त्यसपछि उनी आफ्नो घर फर्किइन्। फर्केपछि भने रिजलाई ती दुईको खुबै माया लागेको बताउँछिन्। यसलगत्तै एक महिनामा उनी सधैँका लागि ज्याकब र मेगनको घरमा बसाइँ सरिन्।

रिज भन्छिन्, ‘यो सम्बन्धको सबैभन्दा उदेकलाग्दो कुरा चाहिँ के थियो भने म जब ज्याकबकहाँ पुगेँ, मेगनले सिधै मलाई बेडरुम लगिन्। मलाई सहज बनाइन्। त्यो सहजताका कारण मेरो पहिलो यौन सम्बन्ध पनि त्यति तिक्ततापूर्ण भएन।’

जीवनको पहिलो यौन सम्बन्धमा तीन जनाको संलग्नतालाई यतिबेला सम्झँदा उनी आफ्नो हिम्मतलाई उदेक मान्छिन्। तीन जनाको सम्बन्धमा थप अतिरिक्त चाह, धैर्य र माया चाहिने उनको अनुभव छ।

कहिलेकाहीँ जब ज्याकब र मेगन डेटिङमा जान्छन्, त्यो बेला रिजलाई अलि अमिलो लाग्छ। ‘तर यस्ता कुरालाई भावनात्मक रुपमा बुझ्न आवश्यक छ,’ उनी आफैँलाई सम्झाउँदै भन्छिन्, ‘किनभने मैले सहज कुरा छनोट गरेकी थिइनँ, त्यसैले असहज सम्बन्धलाई त्यही किसिमले डिल गर्नुपर्छ।’

घरका सारा काम मेगनले गर्ने हुनाले र त्यो बेला ज्याकब र आफूले मस्ती गर्ने हुनाले कुनै दिन ज्याकब र मेगन डेटिङमा जाँदा आफूले चित्त दुखाउन नहुने उनको भनाइ छ।

आफू ज्याकबबाट सन्तान जन्माउन इच्छुक रहेको समेत रिज बताउँछिन्। त्यसका लागि यतिबेला उनी मुख्य घरबाट नजिकैको एउटा अपार्टमेन्टमा सरेकी छन्।

‘घरबाट अपार्टमेन्ट सर्दा एक किसिमको स्वतन्त्रता हुने रहेछ,’ उनले भनिन्, ‘मलाई यो सम्बन्ध गज्जब लागिरहेको छ।’

सम्बन्धका तीन वर्ष बित्दै गर्दा अझ बढी माया प्रेम बढेको अनुभव रिजले गरेकी छन्। ‘मेरा बा–आमा खुसी नै हुनुहुन्छ भन्ने लाग्छ किनभने मलाई कसैले अपहरण गरेका होइनन्,’ उनले भनिन्, ‘छोरीको खुसीमा उहाँहरुलाई पनि खुसी लाग्नुपर्ने हो।’

ज्याकब भन्छन्, ‘बहुसम्बन्ध राख्नु भावनात्मक रुपमा चुनौतीपूर्ण हुन्छ। यसमा यति धेरै चुनौती र अप्ठेरा आउँछन् कि तपाईं चतुर हुनु भएन भने दुःख पाउनुहुन्छ। तर जब तपाईंले यसलाई गज्जबसँग मिलाउनु हुन्छ, तपाईंले यसले जति आनन्द केहीले दिँदैन।’

Leave A Comment