गर्जियस भूमि

बिहिबार, १९ मङि्सर २०७६, १२ : २० शुक्रवार
गर्जियस भूमि

फिल्म ‘बाला’को सफलतासँगै भारतीय अभिनेत्री भूमि पेडनेकर मिडियामा छाइरहेकी छन्। आयुष्मान खुरानासँगै उनको अभिनय पनि दर्शकले मन पराए। सानो बजेटको फिल्म भए पनि बक्स अफिसमा धमाल गरेपछि भूमि मक्ख छिन्।

दर्शकको मायामा रमाइरहेकी उनले हालै साडी लगाएको केही तस्बिर सार्वजनिक गरिन्। सुन्तले रङको साडीमा उनी निक्कै गर्जियस देखिएकी छन्। थोरै मेकअप र पारदर्शी लिपिस्टिक उनलाई सुहाएको छ।

Leave A Comment