पुलिस म्युजियममा डकैती

मङ्गलबार, २४ मङि्सर २०७६, ११ : ०० शुक्रवार
पुलिस म्युजियममा डकैती

खासमा डकैती गर्न त बैंकमा जानुपर्ने हो, एउटा समूह भने जर्मनीको पुलिस म्युजियममा पुगेका छन्। बर्लिनस्थित स्टासी म्युजियम जर्मनीको एकीकरणअघि कम्युनिस्टहरुको शासन रहेको पूर्वी जर्मनीअन्तर्गत पथ्र्यो। त्यो बेलाका ‘सेक्रेट पुलिस’हरु सर्वसाधारणका लागि ‘काल’ नै हुने गर्थे किनभने तिनले गोप्य दस्तावेज तयार गर्थे र दिनसम्म दुःख दिन्थे।

त्यो बेलाको रिस फेर्न हो कि म्युजियमका चिजवस्तु महँगोमा बेच्न, एउटा डकैतहरुको समूहले म्युजियमभित्र छिरेर सेक्रेट पुलिसका सरसामग्रीहरु चोरेका छन्। तिनले त्यहाँ भएका पुलिस मेडल, सुनका गहना, पुलिस ड्रेस आदि समेत नछाडेको प्रहरीको भनाइ छ।

डकैत समूहले झ्याल फोडेर भित्र पसी सो केसहरु फुटालेर मेडल र गहनाहरु रित्तै हुने गरी चोरेको बताइएको छ। शनिबार राति चोरी भएको र आइतबार कर्मचारीहरु आउँदा तोडफोड भएको देखेर प्रहरीलाई खबर गरेका थिए। चोरी भएका मेडलमध्ये अर्डर अफ कार्ल माक्र्ससमेत रहेको बताइएको छ। पूर्वी जर्मनीमा त्यो बेला सबैभन्दा उच्च सम्मानका रुपमा सो मेडल दिइन्थ्यो। चोरी भएका गहनामध्ये औँठी र घडीसमेत रहेका छन्।

यस्ता कयौँ सम्मानहरु जर्मनीको एकीकरणपछि फिर्ता पठाइएको थियो। प्रदर्शनीमा रहेका सामग्रीहरु भने दाबी गर्न नआएकाहरु रहेको बताइएको छ।

यस डकैतीमा संलग्न आशंका गरिएका चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। चोरी गरिएका सामग्रीको मूल्याङ्कन करिब ५ लाख ५० हजार डलर गरिएको छ। दुई वर्षअघि पनि बर्लिनमा यस्तै डकैती भएकाले प्रहरीले दुई घटनाबीचको सामीप्यबारे अनुसन्धान गरिरहेको छ।

Leave A Comment