कट्टु प्रदर्शनीले विवाद

मङ्गलबार, २४ मङि्सर २०७६, ११ : ०६ शुक्रवार
कट्टु प्रदर्शनीले विवाद

नेदरल्यान्डको एउटा सुपरमार्केटले आफ्नो प्रचारका लागि नयाँ जुक्ति सोचेको छ। उसले आफ्नो सुपरमार्केटको प्रचारका लागि कट्टु प्रदर्शनी आयोजना गरेको थियो तर यति आलोचना भयो कि प्रदर्शनी नै रद्द गर्नुप-यो।

तर यो प्रदर्शनी भने सुपरमार्केटभित्र नै थिएन। उसको सामाजिक सञ्जालमा सर्वसाधारणले आफ्नो कट्टुलाई ट्याग गर्नुपर्ने थियो। नेदरल्यान्डको पूर्वी शहर निजमेजिनमा रहेको सो सुपरमार्केटले सो प्रतियोगिता गरेको थियो।

यो प्रतियोगिताको चर्को आलोचना हुनुको मुख्य कारण चाहिँ नेदरल्यान्डको चर्चित पत्रिका एनआरसीले सो समाचार छापिदियो। यसपछि त चर्को आलोचना हुन थालिहाल्यो।

सो सुपरस्टोरको एउटा खाजा घरमा काम गर्ने १७ वर्षे जोचेम डी हेजले भने, ‘एकाबिहानै जब म सुपरस्टोरमा काम गर्न गएँ, देख्छु त कट्टु झुण्ड्याइएको ठूलो पोस्टर राखिएको छ र प्रतियोगिताको आयोजना गरिएको छ। यो देखेपछि मलाई बिल्कुलै रमाइलो लागेन।’

उनको भनाइमा सुपरस्टोरले आफूलाई प्रचारित गर्न राम्रो काम गर्नुपथ्र्यो, कट्टुको प्रदर्शनी चलाउने होइन। शुरुमा त उनलाई र उनकी आमालाई पनि यो एउटा ठट्टा होला भन्ने लागेको थियो तर पछि समाचार नै छापिएपछि त सर्वसाधारणले होहल्ला मच्चाउन थालिहाले।

सुपरस्टोरका म्यानेजर अल्बर्ट हेइज भन्छन्, ‘सबैले कट्टु प्रदर्शन गर्नुपर्छ भन्ने छैन। जसजसलाई रमाइलो गर्न मन छ, उनीहरुले गरे हुन्छ। यसमा आपत्ति जनाउनुपर्ने कुरा नै के छ र ?’

यो स्टोरको नेदरल्यान्डभरि एक हजार शाखा छन् र सबै शाखाका लागि यो कार्यक्रम आयोजन गरिएको हेइज बताउँछन्।

यता सरकारी संस्था डच डाटा प्रोटेक्सन अथोरिटीले प्रतिक्रिया दिँदै भनेको छ, ‘यस्ता स्टोरको अरु कुरामा रुचि हुनुपर्ने हो, कट्टुमा बढी केन्द्रित हुँदा चाहिँ अचम्मै लागेको छ।’

Leave A Comment