सरकारको यौन चिन्ता

शनिबार, २९ साउन २०७३, १० : १९ शुक्रवार , Kathmandu
सरकारको यौन चिन्ता

एउटा भनाइ छ, युरोपका स्क्यान्डिनेभियन मुलुकमा नागरिकले आफ्नाबारे केही चिन्ता लिनुपर्दैन । उनीहरूको चिन्ता लिइदिने सरकार छ । यस्तोमा स्क्यान्डिनेभियन मुलुक स्विडेनले आफ्ना नागरिकको यौन जीवन खस्किरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
स्विडेनका मानिसले आवश्यक मात्रामा सेक्स गर्न छोडेको भन्दै त्यहाँको सरकारले आफ्ना नागरिकले ओछ्यानमा गर्ने गतिविधिबारे विशद अध्ययन गर्ने भएको छ । ‘हाम्रा नागरिकको यौनजीवनबारे विस्तृत अध्ययन नगरेको पनि २० वर्ष भइसक्यो । यसबीचमा उनीहरूले आवश्यक मात्रामा रतिक्रीडा नगरेका पो हुन् कि भन्ने चिन्ता हामीलाई छ,’ स्विडेनका जनस्वास्थ्य मन्त्री ग्याब्रियल विकस्ट्रोमले भने ।
गत साता त्यहाँको एउटा ट्याब्लोइड पत्रिकाले आम स्विडिस नागरिकले कम रतिक्रीडा गर्न थालेको रिपोर्ट प्रकाशित भएपछि यसप्रति त्यहाँको सरकारको ध्यानाकर्षण भएको हो । ‘यदि यस्तो अवस्था साँच्चिकै उत्पन्न भएको हो भने यसका लागि तनाव अथवा स्वास्थ्य समस्या के जिम्मेवार छ भन्ने पत्ता लगाउन पनि अनुसन्धान हुनुप¥यो । किनकि, सेक्सप्रतिको मानिसको अभिरुचि कम भयो भने यसले राजनीतिक समस्या पनि निम्त्याउँछ,’ मन्त्री ग्याब्रियलले भने । सन् २०१९ मा प्रतिवेदन निकाल्नेगरी अनुसन्धान सुरु गरिने समेत उनले बताए ।

 

Leave A Comment