च्याम्पियन

शुक्रबार, २७ मङि्सर २०७६, १२ : २० शुक्रवार
च्याम्पियन

मुख्य स्ट्राइकर विमल घर्तीमगर र मिड फिल्डर अञ्जन विष्ट अनि डिफेन्डर दिनेश राजवंशी बिनाको नेपाली फुटबल टिमले दक्षिण एसियाली खेलकुद (साग) को आफ्नो उपाधि जोगाउलान् त ?

१२ औं सागमा नेपाल स्वर्ण विजेता थियो फुटबलको तर यस बीचमा धेरै उतारचढाव आइसकेको थियो राष्ट्रिय टोलीमा। यसैबीच टिमका मुख्य तीन खेलाडी अनुशासनात्मक कार्बाहीमा परेर साग खेल्ने टोलीबाहिर पर्नु कम जोखिम थिएन नेपाली टोलीका लागि।

तर, भाग्य र नयाँ खेलाडीको जोशको कम्बिनेसन मिल्दा नेपालले फाइनलमा भुटानलाई २–१ को अन्तरले हराउँदै उपाधि मात्र रक्षा गरेन सागमा नेपालले जितेको स्वर्ण पदको संख्या ५१ पु-यायो।

साग फुटबलमा स्वर्ण पदकका लागि भारत बाधक बन्दै आएको थियो। यसपालि फुटबलमा भारत सहभागी नहुँदा नेपालको स्वर्ण यात्रा सहज हुने अनुमान गरिए पनि खेलमा प्रशस्तै उतारचढावहरु आइरहेका थिए।

अनुभवी खेलाडीको अभाव खट्किएकै थियो। जब बंगलादेशलाई पराजित ग-यो फाइनलै पुग्ला कि नपुग्ला भन्ने अन्योल हट्यो। तर चमत्कारी रुपमा फाइनल यात्रा पूरा गरेको भुटानलाई हराउँछ त भन्ने आशंका भने कायमै थियो।

धन्न, फाइनलमा केही लय बिग्रिए पनि भुटानी खेलाडीले त्यसको सदुपयोग गर्न नसक्दा नेपालको उपाधि रक्षा भयो नै। साग फुटबलमा चौथो स्वर्ण जितेर पाकिस्तानसँगको बराबरीको रेकर्डसमेत बनायो।

Leave A Comment