नारी शक्ति : ५१ मा २९ स्वर्ण

शुक्रबार, २७ मङि्सर २०७६, ०२ : ०४ शुक्रवार
नारी शक्ति : ५१ मा २९ स्वर्ण सन्तोषी श्रेष्ठ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औं संस्करण नेपालका लागि निकै उपलब्धिमूलक भयो। ५० स्वर्णको लक्ष्य लिएको थियो नेपालले यो प्रतियोगितामा। अधिकतम ३१ स्वर्ण जितेको नेपालका लागि यो लक्ष्य भारी नै देखिन्थ्यो। मंगलबार साग समापन हुँदा लक्ष्य भेटेन मात्र, पारै ग-यो। नेपालले सागको १३ औं संस्करणमा ५१ वटा स्वर्ण जित्यो। ५१ स्वर्णमध्ये २९ वटा स्वर्ण नेपाली महिला खेलाडीले ल्याए।

मिनु गुरुङ,बक्सिङ,१
१३ औं सागमा बक्सिङलाई स्वर्णविहीन हुन दिइनन् मिनु गुरुङले। भारतीय बक्सर हावी भइरहेको बेला उनल भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।

देविका खड्का र पुनम श्रेष्ठ,जुडो,१
देविका खड्काले महिला ५२ केजीमा जुडोतर्फ स्वर्ण जितिन्। उनले फाइनलमा बंगलादेशकी जेरिन ताहामिदालाई हराएकी थिइन्। पुनमले पनि जुडोमा स्वर्ण ल्याइन्।

संगीता धामी, कुस्ती,१
नेपालकी संगीता धामीले कुस्तीको ५५ किलोग्राम तौल समूहमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाइन्। संगीताले बंगलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपाललाई कुस्तीमा पहिलो पटक ऐतिहासिक स्वर्ण पदक दिलाइन्।

सञ्जु चौधरी, भारोत्तोलन,१
सञ्जु चौधरीले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जितिन्। उनले महिला ५९ केजी तौल समूहमा श्रीलंकाकी खेलाडीलाई पराजित गरेर स्वर्ण जितेकी हुन्। निर्मला तामाङ, संगीता मगर, सरु कार्की, कुसुम श्रेष्ठ, अनु अधिकारी, सुनिता महर्जन र अनुपमा मगर छन्।

कराँते,५
निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले करातेको टिम काताका स्वर्ण जिते। कुसुम श्रेष्ठले ४५ केजी फाइट, अनु अधिकारीले ५५ केजी फाइट, सुनिता महर्जनले  ६८ केजी फाइट र अनुपमा मगरले ६८ केजी फाइटमा स्वर्ण पदक जितेका हुन्।

सिना मादेन लिम्बू, पार्वती गुरुङ, आयशा शाक्य, निशा दर्नाल, स्वस्तिका तामाङ, सन्जिला तिमिल्सिना, निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई, काजल श्रेष्ठ र संगिता बस्याल।

तेक्वान्दो,८
तेक्वान्दोमा सिना मादेन लिम्बूले पुम्से महिला १७–२३ वर्ष समूहमा स्वर्ण जितिन्। पार्वती गुरुङले पुम्से महिला २४–२९ वर्ष, आयशा शाक्यले पुम्से महिला २९ वर्ष माथि र पुम्से जोडी २९ वर्षमाथि, निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिनाले पुम्से महिला टिम १७–२३ वर्ष, निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पुम्से महिला टिम २३ वर्षमाथि, काजल श्रेष्ठले ४६ केजी फाइट र संगीता बस्यालले  ६२ केजी फाइटमा स्वर्ण जिते।

सोनी गुरुङ, ट्रायथलन,१
सोनी गुरुङले ट्रायथलमा स्वर्ण पदक पाइन्।

सुस्मिता तामाङ, निमा घर्तीमगर र जुनी राई,३
उसुतर्फ सुस्मिता तामाङले थाउलो छानछ्वान, नीमा घर्तीमगरले थाउलो नानछ्वान अलराउन्ड र जुनी राईले सान्साैं ५६ केजी फाइटमा नेपाललाई स्वर्ण पदक दिलाए।

सन्तोषी श्रेष्ठ, एथ्लेटिक्स,१
एथ्लेटिक्समा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाइन्। पाँच हजार मिटर दौडमा भने उनी चौथो भएकी थिइन्।

निश्मा श्रेष्ठ र लक्ष्मी मगर,साइक्लिङ,२
नेपालकी निश्मा श्रेष्ठले साइक्लिङको डाउनहिलमा र लक्ष्मी मगरले क्रसकन्ट्रीमा नेपाललाई स्वर्ण पदक दिलाइन्।

Leave A Comment