रिसाए कार्तिकका फ्यान

बुधबार, ०२ पुष २०७६, ०२ : ३७ शुक्रवार
रिसाए कार्तिकका फ्यान

फिल्म प्रमोसनको चक्करमा विमानस्थलमै डान्स गर्दा बलिउड एक्टर कार्तिक आर्यनले फ्यानहरुको गाली खाए। मुम्बई एयरपोर्टमा उनले दीपिका पादुकोणसँग फिल्म ‘पति, पत्नी और वो’को एक गीतमा डान्स गरेका थिए।

आर्यनले सो भिडियो सोसल मिडियामा पोस्ट गरे तर प्रशंसाको साटो गाली पो खाए ! भिडियोमा पछाडि सुरक्षाकर्मीहरु उभिएको देखिन्छ। सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने विमानस्थलमा सुरक्षालाई प्रभावित पार्ने गरी नाचेको भन्दै फ्यान रिसाएका हुन्।

Leave A Comment