रंगशाला बनाउन ठेला पसल

शुक्रबार, ०४ पुष २०७६, १२ : ५० शुक्रवार
रंगशाला बनाउन ठेला पसल

चितवनमा अर्बौं बजेट चाहिने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन कस्सिएको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाका लागि पैसा संकलन गर्न ठेला पसल खोले।

मःम, बदाम, पानी, स्याउ, सुन्तला राखिएको ठेला पसल फाउन्डेसनका प्रमुख सीताराम कट्टेल र कुञ्जनाले चलाउने दाबी गरिएको छ। चितवनमा खुलेको दुवै पसल जति गरे पनि रंगशालाका लागि आवश्यक पैसा नजुटेपछि दाताको ध्यान तान्न सुरु गरेको देखियो।

रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने अनुमान छ। त्यत्रो रकम ठेलाको व्यापारबाट उठ्ला त ? गत वर्ष माघमा रंगशाला निर्माण घोषणा भएको थियो। रंगशाला बनाउन विदेशमा केही कार्यक्रम गरिए पनि सोचे जस्तो पैसा संकलन हुन सकेको छैन। सामूहिक बस्ती बनाएर प्रशंसा पाएको फाउन्डेसनले रंगशाला बनाउने घोषणा गरेलगत्तै आलोचना भएको थियो।

रंगशालाका लागि भरतपुर महानगरले २९ वडाबाट पाँच लाखका दरले एक करोड ४५ लाख र महानगरबाट पाँच करोड रकम दिने बताएको छ। विद्यालयतहबाट समेत रकम संकलन गर्ने उनीहरुको प्रयास विवादका कारण प्रभावकारी हुन सकेको छैन।

Leave A Comment