बेन बने पर्सनालिटी अफ दि ईयर

शुक्रबार, ०४ पुष २०७६, ०१ : ०१ शुक्रवार
बेन बने पर्सनालिटी अफ दि ईयर

इंग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ दि ईयर अवार्ड पाएका छन्। विश्वभरमा खेलकुद समर्थकहरुको भोटको आधारमा उनले सो अवार्ड पाएका हुन्।

अवार्ड जित्न उनले फर्मुला वानका लेविस ह्यामिल्टन र स्प्रिटर डीना अशेर स्मिथलाई पछि पारे। अलराउन्डर स्टोक्सले घरेलु मैदानमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। जस कारण इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएर पहिलोपटक एक दिवसीय विश्वकपको उपाधि जितेको थियो।

इंग्ल्याण्डको विश्वकप क्रिकेट टिमले टिम अफ दि ईयर अवार्ड जितेको छ। बीबीसी स्पोर्ट्स पर्सनालिटी वल्र्ड स्पोर्ट्स स्टार अफ दि ईयर अवार्ड म्याराथन धावक इलिड किपचोगेले जिते। जोन ब्लाकीले ‘कोच अफ दि ईयर’ जित्दा योङ स्पोर्ट्स पर्सनालिटी अफ दि ईयर’ को अवार्ड कारोलिन डुबोइसले पाए।

Leave A Comment