नग्न पेन्टिङले हंगामा

शनिबार, ०५ पुष २०७६, १२ : ५५ शुक्रवार
नग्न पेन्टिङले हंगामा

मेक्सिकोमा सम्मानका साथ लिइने नाम हो, एमिलियानो जापाता। एक जना कलाकारले यिनै एमिलियानोलाई नाङ्गो अवस्थामा घोडा चढेको चित्र बनाए र त्यसलाई प्रदर्शनीमा राखिदिए।

अहिले यो नाङ्गो तस्बिरले मेक्सिकोभरि हंगामा मच्चिरहेको छ। पेन्टिङमा रहेका एमिलियानोले टाउकोमा पिङ्क ह्याट लगाएका छन्। उनी जुन घोडामा चढेका छन्, त्यो घोडा यौनले उन्मत्त भएको देखाइएको छ।

स्पेनको स्वतन्त्रताका लागि र खासगरी किसान आन्दोलनमा ठूलो नाम बनाएका यिनलाई अश्लील तरिकाले पस्किएको भन्दै उनका परिवारजन र उनका प्रशंसकहरुले हंगामा गरे। त्यसको विरोधमा लैंगिक अल्पसंख्यकहरुले पनि तिनलाई यसरी अभिव्यक्त गर्नु कुनै अपराध नभएको भन्दै प्रदर्शन गरे।

यसपछि त दुई पक्षबीच नै हातहालाहालको अवस्था आइप-यो। अवस्थालाई सामान्य बनाउन प्रहरीले नै हस्तक्षेप गर्नुप-यो।

‘लैंगिक अल्पसंख्यकको समर्थनका लागि कुनै एक जना महान् क्रान्तिकारीको तस्बिर प्रयोग गर्नु कुनै नराम्रो कुरा होइन,’ कलाकार फेबियन चियराजले रेडियो फर्मुलासँग कुरा गर्दै भने, ‘मैले यो चित्र सन् २०१४ मा नै बनाएर विभिन्न ठाउँमा प्रदर्शन गरिसकेको छु। यहाँ मात्रै किन हंगामा भइरहेको छ, मैले बुझ्न सकिनँ। उनको जन्मशताब्दी पूरा भएको उपलक्ष्यमा यो चित्र बनाइएको हो।’

जपाताको परिवारजनले भने यो पेन्टिङलाई पहिले नै वाहियात भनेर प्रतिक्रिया दिइसकेका छन्। जापाताका नाति जर्जले त यो चित्र प्रदर्शनीबाट नहटाउने हो भने फेबियन चियराजमाथि मुद्दासमेत लाग्न सक्ने चेतावनी दिइसकेका छन्।

यता जहाँ प्रदर्शनी चलिरहेको छ, म्युजियमका अधिकारीरुले ‘ले रिभोल्युसन’ शीर्षकमा चलिरहेको प्रदर्शनी कुनै पनि कारणले नरोकिने स्पष्ट पारिसकेका छन्।

मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडरले यो वर्षभरि उनका कार्यलाई चर्चामा ल्याउन यस्तै अन्य सांस्कृतिक कार्यक्रम गरिने बताएका छन्।

Leave A Comment