फँसिन् पायल

बुधबार, ०९ पुष २०७६, ०१ : १६ शुक्रवार
फँसिन् पायल

फोटोसुट र विवादित बयानका कारण बेलाबखत विवादमा आइरहने नायिका पायल रोहतगी यसपालि भने नमज्जाले फँसिन्। के झोँक चल्यो कुन्नी उनलाई, यसपालि भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु र उनका बुबा मोतिलाल नेहरुबारे विवादित भिडियो बनाएर पोस्ट गरिन्।

भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका एक युवाले भिडियोबारे प्रहरीमा जाहेरी दिएपछि उनी पक्राउ परेकी थिइन्। पछि अदालतले उनलाई ८ दिनको न्यायिक हिरासतमा राख्न अनुमति नै दियो। उनले भने गुगलमा फेला परेको विवरणको आधारमा आफूले भिडियो बनाएको ट्वीटमा लेखेकी थिइन्।

Leave A Comment