सचेत जेनिफर

बिहिबार, १० पुष २०७६, १२ : ०९ शुक्रवार
सचेत जेनिफर

गायिका जेनिफर लोपेज ५० वर्षकी पुगिन्। उमेर जति ढल्कदै छ, स्वास्थ्यबारे उनी त्यत्ति नै सचेत छिन्। त्यसैले त ५० को उमेरमा पनि उनी जिम धाइरहेकी छन्। हालै ह्वाइट हट वर्कआउटमा कसिलो ज्यानसहित जिमबाट बाहिरिँदै गरेकोे अवस्थामा उनको तस्बिर फोटोपत्रकारले खिच्न भ्याए।

तस्बिर खिच्ने पत्रकारलाई उनले आम्र्स उचाल्दै आफ्नो कसिलो मसल देखाएकी थिइन्। नायिका, डान्सर अनि गायिकासमेत रहेकी जेनिफरको करिअरले यतिबेला गति लिन थालेको छ। प्रायः हरेक पुरस्कारमा उनी मनोनयमा पर्ने गरेकी छन्।

Leave A Comment