यशस्वीको रोमाञ्चक यात्रा

शुक्रबार, ११ पुष २०७६, १२ : ५५ शुक्रवार
यशस्वीको रोमाञ्चक यात्रा

उत्तर प्रदेशका यशस्वी जैसवालको क्रिकेट यात्रा बढो संघर्षपूर्ण छ। उनी कुनै समय पानीपुरी बेच्थे। अहिले उनी आइपिएल २०२० को सिजनका लागि राजस्थान रोयल्सले २ करोड४० लाख भारतीय रुपैंयामा अनुबन्ध भएका छन्।

गत बिहीबार भएको अक्सनमा उनलाई भिœयाउन आइपीएलका टिमविच प्रतिस्पर्धा नै चल्यो। उनको न्यूनतम मूल्य थियो २० लाख भारु। किंग्स इलावेन पञ्जावले उनलाई ८० लाख भारुमा आफ्नो टिममा अनुबन्धको प्रयास ग¥यो। कोलकता नाइट राइडर्सले रकम बढाएर १ करोड ९० लाख भारु मूल्य तोक्यो। राजस्थान रोयल्सले २ करोड ४० लाख दिन तयार भयो। र उनी राजस्थानमै अनुबन्ध भए।

उत्तर प्रदेशको भदोहीमा जन्मिएका यशस्वीलाई आफ्नो टिममा पार्न तीब्र प्रतिस्पर्धा हुनुको कारण उनको अब्बल खेल नै हो। निक्कै संघर्ष गरेका उनले भारतको प्रतिष्ठित विजय हजारे ट्रफीमा दोहोरो शतक प्रहार गरेर आफ्नो क्षमता देखाएका थिए। उनले झारखण्डविरुद्धको समूह चरणको खेलमा १ सय ५४ बलमा २ सय ३ रन बनाएका थिए।

यस अगाडि उनले लिस्ट एको खेलमा कम उमेरमा दोहोरो शतक प्रहार गर्ने क्रिकेटरको रेकर्ड बनाएका थिए। उनी ७ वर्षअगाडि क्रिकेटर बन्न मुम्बई पुगेका थिए। ११ वर्षको उमेरमा काकासँग मुम्बईमा बस्ने उनले खर्च जोहो गर्न दिउँसो डेरीमा काम गर्थे भने बेलुका पानीपुरी बेच्थे। आफ्नो लक्ष्यमा दत्तचित्त भएर लाग्दा उनी क्रिकेटर त भए नै चल्तीका क्रिकेटरहरु भाउ नलागेर हैरान भएका बेला क्लबहरुबीच प्रतिस्पर्धा नै गराइदिए।

Leave A Comment