टोपीलाई युनेस्को सम्मान

सोमबार, १४ पुष २०७६, ०१ : १७ शुक्रवार
टोपीलाई युनेस्को सम्मान

किर्गिस्तानमा पुरुषहरुले लगाउने एक प्रकारको टोपीलाई युनेस्कोले अमूर्त सम्पत्ति भनी मान्यता दिएको छ। ‘एक–कल्पक’ नामक यो टोपीका कारण किर्गिस्तानको पर्यटनमा बढावा दिने अपेक्षा त्यहाँका जनताको छ।

युनेस्कोले विभिन्न सांस्कृतिक वस्तुहरुलाई ती मुलुकको अमूर्त सम्पत्ति भएको भन्दै मान्यता दिने गर्छ। जस्तो कि, किर्गिस्तानको टोपीसँगै थाइल्यान्डमा गरिने विशेष किसिमको तेल मालिसलाई पनि देशको अमूर्त सम्पत्ति भनी सूचीकृत गरिएको थियो। हुन पनि ‘थाई मसाज’ले संसारभर ठाउँ बनाउँदै लगेको छ।

किर्गिस्तानको यो टोपी भने हरेक वर्ष राष्ट्रिय दिवसका दिन लगाइन्छ। यो टोपीमा चार वटा शिखर हुन्छन्। ती त्यहाँका सधैँ हिउँले छोपिएका अग्ला हिमालका प्रतीक हुन्।

२० डलरमा सामान्यतः पाइने यी टोपी (एक–कल्पक) हिजोआज चिनियाँ सामग्रीका कारण निकै सस्तो दरमा पाइन्छन्। तर चीनमा बनाइएका भने सिन्थेटिकबाट निर्मित भएका हुन्छन्।

एक–कल्पक दिवस गएको २०१६ मार्च ५ देखि हरेक वर्ष मनाइँदै आएको छ। सो दिन राजधानी बिस्केकमा तीन मिटर अग्लो एक कल्पकको ठूलो टोपी बनाएर प्रदर्शन गरिएयता संसारको ध्यान आकृष्ट भएको थियो।
यो टोपीलाई स्थानीय कानुनले संरक्षण गरेको छ। कतिसम्म भने कसैले एक–कल्पकको अपमान ग¥यो भने उसलाई एक हजार कोर्रा र १५ डलर जरिवानासमेत तिराइन्छ।

सन् २०१७ मा एउटा कुकुरलाई एक–कल्पक लगाइदिएको तस्बिर सार्वजनिक भएपछि यो टोपीको सम्मानमा कानुन बनाइएको हो।
यो टोपी स्त्री जातिले लगाउन नपाइनेसमेत कानुनमा उल्लेख छ।

Leave A Comment