प्रदर्शनीको केरा, तेरा न मेरा

सोमबार, १४ पुष २०७६, ०१ : २४ शुक्रवार
प्रदर्शनीको केरा, तेरा न मेरा

अमेरिकाको मियामीमा प्रदर्शन गरिएको एक कला प्रदर्शनीमा सबैको ध्यान आकृष्ट गर्नेमध्येमा एउटा केरा पनि थियो। प्रदर्शनी हेर्न आएका दर्शक जहिले पनि केरालाई भित्तामा टाँसेको देखेर मुख छोपीछोपी हाँस्थे। रोचक के भइदियो भने त्यो केरालाई प्रदर्शनीको अन्तिम दिन कलाकारहरुमध्येकै एक व्यक्ति डेभिड डातुनाले भिडभाडकै अगाडि निकालेर कपाकप खाइदिए। यसपछि त के थियो र ? सारा भिडले मोबाइल झिके र उनले कपाकप खाएको केराको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिदिए।

के प्रदर्शनीमा राखिएको चिज खान मिल्छ ? भन्दै राखिएको एउटा भिडियो त भाइरल नै बन्यो। भिडियोमाथि अनेकन् टिप्पणीसमेत आए। तपाईंलाई चाहिँ के लाग्छ ? प्रदर्शनीमा राखिएको केरा फुत्त झिकेर खान मिल्छ ?

Leave A Comment