'नेपालीले विदेशीले भन्दा धेरै खर्च गर्छन्'

मङ्गलबार, १५ पुष २०७६, ०९ : ४१ शुक्रवार
'नेपालीले  विदेशीले भन्दा धेरै खर्च गर्छन्'

ठमेलमा रहेको एच टु ओ बारमा भेटिएका रमेश चौलागाईं साथीभाइहरुसँग रमाइलो गरिरहेका थिए। उनी अरुले पिएको हेर्दै रमाइलो मानिरहेका थिए। उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी ?

तपार्इं बढो रमाइलोका साथ रमाइ रहनुभएको छ त ?
आफूलाई त गेष्ट आएपछि यसै रमाइलो नि।

तपार्इंकै व्यवसाय हो कि रमाइलोका लागि आउनुभएको हो। ?
यो मेरो पनि हो साथीको पनि हो।

ठमेलमै यसरी बार खोल्नुपर्छ भन्ने तपार्ईंहरुको सोच कसरी आयो ?
ठमेल त पहिलादेखि नै आइरहेको हुन्थेँ। म लन्डनमा हुँदा पनि मेरो साथी सुजनदीप प्रधानले चलाइरहनुभएको थियो। म यहाँ आइरहेको हुन्थेँ। विदेशीसँग म निकै नजिक भइसकेको थिएँ। लन्डनमा तीन चार वर्ष कमाएको पैसाले यहीँ साथीसँग मिलेर काम गर्न थालेँ। विदेशीसँग राम्रो घुलमिल भइसकेपछि काम गरुम् न त भनेर यतैतिर लागेको हुुँ।

अहिले पनि उहाँले नै चलाउनुहुन्छ। उहाँसँगै मिलेर मैले पनि चलाउँछु। म यहाँ समय मिलाएर आउने गरेको छु। मेरो अर्को पनि बिजनेस छ। किनभने मेरो भाइको फ्याक्ट्री छ। उतातिर पनि व्यस्त हुन्छु।  कहिलेकाहीँ साथीभाइसँग रमाइलोका लागि आउने गर्छु।

कहिलेदेखि ठमेल आउनुहुन्थ्यो कि भर्खर भर्खर होे ?
ठमेल त जमानादेखि नै आउन थालेको हुँ। यकिन भने छैन।

यहाँ के– के हुन्छ ? माथि त लाइभ ब्यान्ड बजिरहेको छ त ?
हो नि , यहाँ लाइभ ब्यान्ड पनि हुन्छ। तल बार हो भने माथि लाइभ ब्यान्ड छ। गेष्टलाई जसलाई जता मन लाग्छ।  उतै गएर रमाइलो मान्नुहुन्छ। केही समय अगाडिसम्म माथिल्लो फ्लोरमा डिस्को थियो। थाम्नै नसकिने भएका कारण त्यसलाई बन्द गरियो। चालीस पचासजनाको सिट थियो। धेरै भएका कारण हामीले हटाउनुपरेको थियो।

थाम्न नसकेको भन्नाले ?
डिस्को भएपछि होहल्ला हुने, झैँ झगडा त परिरहने हुन्थ्यो। विदेशीहरु शान्त वातावरणमा रमाइलो मान्ने मान्छेहरु हुन्छन्। उनीहरु इन्जोय गर्न नेपाल आएका हुन्छन्। उनीहरुले असहज महसुस गरेका कारण हामीले यसलाई हटाउनु परेको छ। अहिले डिस्को हटाएर पुल टेवल खेल्ने बनाएका छाैँ। यसले गर्दा विदेशीहरु रमाइलो मानेका छन्। पहिला एउटा फ्लाटमा थियो भने अहिले पूरै विल्डिङ हाम्रो टिमले चलाएको छ।

नेपाली मात्रै कि विदेशी पनि आउँछन् यहाँ ?
भूकम्प अगाडिसम्म त नेपालीलाई प्रवेश थिएन। भूकम्प पछाडि मात्रै हो नेपालीलाई प्रवेश दिएको। पर्यटकलाई तार्गेट गरेर बनाएर खोलेको रेष्टुरेन्ट हो।

नेपालीलाई पहिला बन्देज, अहिले किन खुला गरेको ?
नेपालीसँग पहिला पैसा हुँदैनथ्यो। अहिले नेपालीसँग जति पनि पैसा छ। जति पनि खर्च गर्न सक्छन्। भुकम्पभन्दा अगाडि नेपाली आर्थिक हिसाबले हेर्न हो भने निकै कमजोर थिए। विदेशीहरु भूकम्पको बेला नेपाल आउन ठप्प जस्तै भएको थियो अनि नेपालीलाई खुला गरेको हो। अहिले नेपालीले त विदेशीले भन्दा धेरै खर्च गर्ने भएका छन्।

यहाँ त धेरै धेरै पैसा उठ्ने रहेछ। बिलको पैसा नतिरी हिँडेका गेष्ट पनि त होलान् नि ?
कुनै कुनै हुन्छन् तर भोलि आएर तिरेरै जान्छन्। खाएर भागेका छैनन्। कोही कोही पैसा नपुगेको खण्डमा केही चिज राखेर नै गएका हुन्छन्। चिनेजानेकाले त भोलितिर ल्याएर बुझाएका छन्। पैसा नै नदिएको भन्ने छैन।

धेरै जसो विदेशी आउँछन् भन्नुभयो। लाइभ ब्यान्ड पनि बजिरहेको छ। विदेशीले कस्तो खालको म्युजिक रुचाउँछन् ?
उनीहरुले इङ्लिस गीतमा त इन्जोय गर्ने भइहाले। नेपाली गीतमा पनि रमाइलो मानिरहेका छन्। नेपाली गीतमा झुम्मसँग रमाइरहेको देखिन्छ। नेपाली गीत कोही कोहीले आफैँ गाउँछन्। कसरी हुन्छ इन्जोय गर्छन्।

यसरी इन्जोय लिएको कुरा विदेशी पाहुनाले स्वदेश फर्किएपछि फोन सम्पर्क हुन्छ कि हुँदैन ?
हुन्छ नि। अमेरिकन, अस्ट्रेलियनहरु आफ्नो देश फर्किएपछि लाइभ गरिरहेका हुन्छन्। नेपालको यो ठाउँमा जानु राम्रो छ। यहाँ यस्तो छ भनेर नेपाल घुम्न चाहेका साथीहरुलाई भन्ने गरेका छन्। अहिले त आफ्नै परिवारको जस्तो लाग्छ।

बार चलाउन थालेको पाँच वर्ष भन्नुभएको थियो। यो पाँच वर्षको अवधिमा परक–परक कुरा के पाउनुभयो ?
नेपाल सरकारले पर्यटन भित्र्याउने भनेर लागी परेको छ। हामीले २४ घण्टा नै ओपन गर्नुपर्छ भनेर लागि परेका थियौँ। तर सरकारले वास्तै गरेन। बाटोमा गाडी हिँड्न पाउँदैन। पर्यटक कसरी भित्र्याउने ठाउँमा हिँड्न पाएका छैनन्।

Leave A Comment