कुल कार्तिक

बिहिबार, १७ पुष २०७६, १० : ४४ शुक्रवार
कुल कार्तिक

सामाजिक सञ्जालमा तालतालका तस्विर राखेर आफ्ना प्रशंसकसँग जोडिन सक्रिय भइरहन्छन् बलिउड नायक कार्तिक आर्यन। उनी सामाजिक सञ्जालमा निक्कै सक्रिय छन्। हालै उनले इन्स्टाग्राममा निदाइरहेको तस्बिर राखे।

उनको तस्बिरलाई उनका प्रशंसकहरुले निक्कै मन पराए। टाउको मात्र देखिने गरी खिचेको तस्बिरमा उनी मस्त निदाएझैँ देखिएका छन्। ‘पति, पत्नी और वो’मा चिन्टु त्यागीको भूमिका निभाएका उनी अहिले ‘दोस्ताना २’ फिल्मको तयारीमा छन्।

Leave A Comment